आज : २०७४ मङ्सिर ८ शुक्रबार|समय : ०९:२३

अर्थ

  • सरकारी कार्यालयमा बेथिति - भत्ता तिव्वर उपलव्धी शुन्य

    साजन परियार (पर्वत, ३०) – आर्थिक बर्षको अन्त्यमा बजेट रित्याउन पर्वतका सरकारी कार्यालयलाई भ्याईन नभ्याई छ । बजेट सक्ने नाममा पर्वतका सरकारी कार्यालयले दिनहँ धमाधम कार्यक्रमको आयोजना गरि दोव्वर÷तिव्वर भत्ता दिने गरेका छन् । आर्थिक बर्षको अन्त्यमा बजेट रित्याउने नाममा एउटा कार्यालयले आयोजना गरेको कार्यक्रमका सहभागीहरुलाई तेव्वर भत्ता दिन पाईएको छ । विहीवार महिला तथा बालबालिका कार्यालय र साझेदार निकायले लैगिंक हिँसा न्युुनिकरण सम्वन्धी आयोजना गरेको  वार्षिकसमिक्षा कार्यक्रममा पनि उपस्थितीहरुलाई दोव्वर भत्ता दिईयो । बजेट सक्ने पर्ने भएकाले कार्यक्रममा सहभागिहरुलाई दोव्वर  भत्ता दिने गरेको नाम नबताउने सर्तमा एक कर्मचारीले भने । कार्यक्रममा स्थानिय विकास अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

    जिल्लाका सरकारी कार्यालयमा साधारण बजेटमा पर्ने पानी, बिजुली, इन्धन, सञ्चार, मर्मत सम्भार, सावरी साधान मर्मत, फर्निचर, फोटोकपी, खाजा लगायतका सयौ  बस्तु खरिदमा लाखौ रकम अनियमितता हुने गरेको देखिएको छ ।

    सोमवार सिँचाई विकास सब डिभिजन नं. २ पर्वतले आयोजना गरेको तिन दिने गुणस्तर नियन्त्रण तथा उपभोक्ता समितिको क्षमता अभिबृद्धि तालिम ३ दिनको थियो । तर, आयोजकले उक्त कार्यक्रम तिन घण्टामा सक्योे । तालिममा सहभागीहरुलाई तिन दिनको हाजिर गराई ३÷३ सयका दरले भत्ता वितरण ग¥यो । तालिम सम्पन्न पश्चात स्थानिय सञ्चार माध्ययमा ‘बजेट सक्न सिंचाई सब डिभीजनले तीन दिनको कार्यक्रम तीन घण्टामै सक्यो’ भन्नेसमाचार आउन थालेपछि कार्यलयले फेरी तालिमको आयोजना ग¥यो । अहिले कार्यालयले मोदी गाउँपालिकामा कार्यक्रम गरिरहेको छ । आर्थिक बर्षको अन्त्यतिर बजेट सक्नुपर्ने भएकाले कार्यालयले धमाधम भत्ता बाँडेको थियो ।

    त्यस्तै जिल्ला पशुसेवा कार्यालय पर्वतले बुधवार पश्ुपालक कृषकहरुमा भ्रमण तथा अनुगमन कार्यक्रममा पनि त्यस्तै देखियो । पशुसेवा कार्यालय पर्वतका प्रमुख डाक्टर सुदिर थापा, पशु विकास अधिकृत विश्वानाथ गौत्तम र पशु चिकित्सक विमलप्रसाद शर्मा र रामजी पौडेल सहितको विभिन्न सरोकारवालाको टोलीले तिलाहार, पातिचौर, देउपुर, कटुवाचोपारी लगायत ठाउँमा अनुगमन गरेको भएपनि उपलव्धी केही नभएको टोलीमा सहभागिहरुले बताए । टोलीमा सहभागिहरुलाई चार्को भत्ता वितरण गरिएको पाईएको छ । आर्थिक बर्षको अन्त्यतिर गरिने यस्ता कार्यक्रम बजेट सक्ने माध्यम बनेको उनीहरुको भनाई छ । आर्थिक बर्षको अन्ततिर गरिने यस्ता कार्यक्रम प्रभावकारी भन्दा पनि लापरवाही बढि हुने गरेको देखिन्छ ।   

    जिल्लाका सरकारी कार्यालयमा साधारण बजेटमा पर्ने पानी, बिजुली, इन्धन, सञ्चार, मर्मत सम्भार, सावरी साधान मर्मत, फर्निचर, फोटोकपी, खाजा लगायतका सयौ  बस्तु खरिदमा लाखौ रकम अनियमितता हुने गरेको देखिएको छ । बर्षको अन्त्यमा कार्यालयहरुले अनाश्वक रुपमा सवारीसाधन मर्मत गर्ने,अधिकाँश कर्मचारीलाई काज पठाएको भनेर रकम बाँड्ने इन्धनको कुपन जथाभावी बाँड्ने, पेट्रोल पम्मसँग नक्कली बिल बनाएर रकम असुल्ने गरेको पाईन्छ । समाप्त

     

http://radiosaligram.com.np/