आज : २०७४ मङ्सिर ८ शुक्रबार|समय : ०९:२८

शालिग्राम खबर

  • नेशनल लाईफ इन्स्यारेन्स कम्पनीद्धारा पूर्णाविधी विमा रकम भुक्तानी

    साजन परियार- पर्वत – (कुश्मा) । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेड कुश्मा शाखा पर्वतले पूर्णाविधी विमा रकम भुक्तानी गरेको छ । १५ बर्षिय सार्वधिक जिवन विमा अन्र्तगत विमाकर्ता मिनप्रसाद शर्मा र यामनाथ शर्मालाई १ लाख ८३ हजार  २ सय ८३ रुपैयाँका दरले  विमा रकम भुक्तानी गरिएको हो ।

    विमावाट प्राप्त रकम समाजसेवी एवम् रोटरी क्लव अफ पर्वतका अध्यक्ष विप्लव हमाल र नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेड कुश्मा शाखाका प्रमुख द्रोणराज  पौडेलले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो ।

    १५ बर्षिय सार्वधिक जिवन विमा अन्र्तगत विमाकर्ता मिनप्रसाद शर्मा र यामनाथ शर्मालाई १ लाख ८३ हजार  २ सय ८३ रुपैयाँका दरले  विमा रकम भुक्तानी गरिएको हो ।

    हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी हमालले विमा मार्फत जोखिम वहन गर्ने सकिने भएकाले  यसको आवश्यकता बढ्दै गएको बताउनु भयो । उहाँले गाउँगाउँमा विमा सम्वन्धी जनचेतना फैलाउन समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेड कुश्मा शाखा पर्वतका प्मख द्रोणराज पौडेलले मानव जिवनमा विमा अपरिहार्य भएको बताउँदै सबैले विमा गर्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा विमा कर्ता रामचन्द्र शर्मा र यामनाथ शर्मा लगायतले बोल्नुभएको थियो ।नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेड कुश्मा शाखाका प्रमुख द्रोणराज पौडेलको  अध्यक्षता तथा स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।

http://radiosaligram.com.np/