आज : २०७४ असोज ९ सोमबार|समय : ११:४५

शालिग्राम खबर

  • दःखुुीको सारथी पर्वत सेवा समाज नेपाल


    रामकृष्ण लामिछाने,पर्वत असार ३१
    मातृभुमिका लागि पर्वत सेवा समाज नेपालले कुश्मानगरपालिका २ खुर्कोटका माधव गिरीलाई रु पन्ध्रहजार नगद र उनका वालवालिकालाई विधालयका शैक्षिक समाग्रि वितरण गरेको छ ।ईजारायल शाखाकी सल्लाहाकार रमा जोशिले एक्काईस सय र सिसेफ नेपालकी अध्यक्ष ईश्वरी पाठकले एक हजार दिनुभएको थिए ।गत वर्ष माधव गिरीलाई आफ्नौ घरमा पालेको गोरुले मारेर घाईत भई कुनै पनि शरिरका र्हर नचल्ने भएका थिए ।सहयोग ग्रहण गर्दौ उनले पर्वतसेवा नेपालले गरीएको सहयोग प्रति अभार हुदै खृशि भएका थिए । मातृभुमिका लागि पर्वत सेवा समाज नेपालका अध्यक्ष अर्जन पौडेल गाउँले सहितका सदस्यहरु उनको घरमै पुगिर सहयोग गरेका थिए ।सहयोग हस्तान्तरण पछि वोल्दै ईजरायल शाखाकी सल्लाहाकार रमा जोशिले सानो सहयोगले पनि थोरै राहात पुगेको वतादै अन्य संघसंस्थाले पनि सक्दो सहयोग गर्न आग्रह गर्नुभएको थियो ।सिसेफ नेपालकी अध्यक्ष ईश्वरी पाठक, ईजरायल शाखा संस्थाका सदस्य रमेश पौडेल,टंकनाथ लामिाछाने लगायतले वोलेका थिए । मातृभुमिका लागि पर्वत सेवा समाज नेपालका अध्यक्ष अर्जन पौडेल गाउँलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत टकं लामिछानेले र संचालन कमना रेग्मीले गर्नुभएको सो संस्थाका सदस्य तथा प्रचार संयोजक गोविन्द अधिकारीले रेडियो शालिग्रामलाई जनाकारी दिनुभयो ।

http://radiosaligram.com.np/