आज : २०७४ मङ्सिर ८ शुक्रबार|समय : ०९:३०

राष्ट्रिय

  • डिसहोमका कारण नेपालीले पाउने भए गुम्नै लागेको अवसर

    सरकारले आइतबार) देखि लागू हुने गरी नेपालमा प्रसारण हुँदै आएका विदेशी च्यानलमा विज्ञापनरहित (क्लिनफिड नीति) लागू गर्ने तयारी गरेको थियो ।

    तर, डिसहोम र केबुल टिभी प्रसारक संघलगायत टेलिभिजन वितरकहरुको संस्थाले उक्त नीति लागू गर्न असमर्थ रहेको तथा सरकारले जबर्जस्ती गरे नेपाल टेलिभिजनबाहेक सबै नेपाली च्यानलको प्रसारण रोक्ने चेतावनी दिएका थिए ।

    सूचना त सञ्चार मन्त्रालयले शनिबार सूचना प्रकाशित गर्दै तत्कालका लागि क्लिनफिड नीति लागू नगर्ने स्पष्ट गरेको हो । यसैबीच टेलिभिजन प्रसारकले समेत आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । डिस होमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले ढिलै भए पनि सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । ‘बिना प्राविधिक तयारी हचुवाका भरमा ल्याइएको क्लिनफिड नीति अव्यवहारिक थियो ।

     

    हामीले पटकपटक ध्यानाकर्षण गराउँदासमेत सम्वद्ध पक्षले गम्भीरतापूर्वक लिएको थिएन’, आचार्यले भने, ‘ढिलै भए पनि सरकारले स्वागतयोग्य निर्णय गरेको छ ।’ उनले सरकारले गल्ती सच्याएकाले आफूहरुले समेत नेपाल टेलिभिजनबाहेक सबै च्यानलको प्रसारण रोक्ने निर्णय फिर्ता लिएको स्पष्ट गरे ।

    उनले क्लिनफिडको बदलामा व्यवहारिक र नेपालको सन्दर्भमा उचित हुने नीति ल्याउन सरकार र सरोकारवाला सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

http://radiosaligram.com.np/