आज : २०७४ श्रावण १० मंगलबार|समय : १२:१७

शालिग्राम खबर

  • महाशिवपुराणा ज्ञान महायज्ञ सफल पार्न पर्वतमा पनि प्रचारप्रसार समिति गठन

    रामकष्ण लामिछाने पर्वत साउन ०२

    रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मा सञ्चालन भैरहेको महाशिवपुराणा ज्ञान महायज्ञ सफल पार्न पर्वतमा पनि प्रचारप्रसार समिति गठन भएको छ । ज्ञान माहयज्ञ मोक्षधाम सेवा आश्राममा संचालन भई रहेको छ । पर्वतमा पनि त्यस क्षेत्रमा पुर्णयआर्जनमा सहभागि हुने र सहयोग गर्ने हेतुले प्रचारप्रसार समिती गठन भएको हो । आफ्ना जमिनको ११ मुठि माटो,११ सय ज्योति र ११ सिक्का लिई पुजाआर्जनको लागि जानुपर्ने जनाइएको छ । पर्वत मुडिकुवाका युवनाथ गौडेल रेग्मीको संयोकत्वमा पर्वतमा समिति गठन भएको हो । पर्वतका विभिन्न क्षेत्रमा प्रचाप्रसारमा सक्रिय रहेर धर्मार्आजनमा सहभागि हुन आग्रह सहित लागि उहाँको समिति लागि परेको । उहाँसगै प्रचारप्रसार संयोजकमा कुश्मावाट मानकुमारी गिरी,शंकरपोखरीवाट हरिप्रसाद तिवारी,कटुवाचौपारीवाट केशवदास वैरागी,फलेवास देविस्थानवाट पित्ताम्वर घिमिरे,पातिचौरवाट गंगा तिमिल्सीना समितिमा आवद्ध हुनुभएको छ । अवको केही दिनमा पर्वतवाट अत्याधिक मात्रामा भक्तजनहरु सहभागि गराउने उहाँहरुको लक्ष्य रहेको छ । ज्ञान माहयज्ञ तथा श्रावणी महोत्सव यही श्रावणको २३ गते सम्म संचालन हुने छ ।

http://radiosaligram.com.np/