आज : २०७४ पौष ३ सोमबार|समय : १२:३६

कला/साहित्य

  • सुनिता भाउजू

    ओमप्रसाद घायल

    खाना खाएर भर्खर आफ्नो कोठामा पुगेको थिए“। गाउ“मा एक्कासि खैलाबैला मच्चियो। 'टोकुई, मर्न नसकेकी अलच्छिनी' जस्ता कर्णकटु गाली–गलौज सुन्नासाथ कल्लेरी घरको हल्लाखल्ला भन्ने मैले बुझे“। प्रायजसो हरेक दिन सुनिने गालीहरू थिए ती। सिंगो गाउ“ कल्लेरी बज्यैको त्यो सनातन गालीशास्त्रस“ग परिचित थियो। कल्लेरीको गाली अरुलाई होइन, आफ्नै विधवा बुहारी सुनितालाई हुन्थ्यो। विभिन्न शीर्षक मिलाएर कल्लेरी बज्यै हरेक दिन यसरी नै आफ्नी बुहारीलाई सरापी रहन्थिन्।

    जिन्दगीबाट निकै ठगिएकी सुनिता भाउजूले धेरै वर्षदेखि कल्लेरी सासूबज्यैका अप्रिय गाली सह“दै आएकी छन्। बिहान–बेलुका हु“दानहु“दा कुरामा बुहारीलाई रुवाउनु कल्लेरीको सनातन कर्मजस्तै हो। सारा गाउ“ त्यो कुकर्मको साक्षी छ, तर एक अबलामाथि भएको अन्यायको विरुद्ध कोही बोल्न सक्दैन, मौन छ।

    कल्लेरीका दुई छोरामध्ये जेठा हरिश्चन्द्र र कान्छा श्यामभक्त हुन्। एमएसम्म पढेका हरिश्चन्द्र दाइले आफ्नो बेरोजगारपनलाई सहन गर्न नसकी पुलिस इन्सपेक्टरमा जागिर खाएका थिए। जागिरकै सिलसिलामा नेपालगन्जतिरबाट सुनिता भाउजूलाई विवाह गरेर ल्याएका हुन्। आफूभन्दा कथित तल्लो जात क्षेत्रिनी भएका कारण सुनिता भाउजूलाई हरिश्चन्द्र दाइस“गबाट छुटाउन कल्लेरी बज्यैले गर्नु षड्यन्त्र पहिल्यै गरेकी हुन्। तर, दाइ–भाउजूको गहिरो प्रेम र विश्वासका कारण उनीहरूलाई विच्छेद गराउन उनी विफल रहिन्।

    प्रसंग धेरै अघिको हो। मुलुकमा सुरु भएको माओवादी सशस्त्र विद्रोह चरमोत्कर्षमा थियो। त्यहीबेला हरिश्चन्द्र दाइको नेपालगन्जबाट भर्खर दाङ सरुवा भएको थियो। सरुवा भएपछि सुनिता भाउजूलाई घरमा छोडेर दाइ दाङ गए। कल्लेरी परिवारका लागि आ“खाको कसिंगर भएपछि सिंगो गाउ“ र इष्टमित्रका लागि सुनिता भाउजू निकै असल थिइन्। शिष्ट व्यवहार, नम्र बोलीवचन र भद्र स्वभावले भाउजू सबैको हाइहाई थिइन्। गाउँघरको अर्मपर्म र मेलापातमा पनि उनको कामको बढाइँ सुनिन्थ्यो। हरिश्चन्द्र दाइको निकटपात्र भएकै कारण म सुनिता भाउजूको पनि एक असल शुभचिन्तक थिए“। पढाइमा पनि 'ब्याचलर'सम्म पास गरेकी भाउजू हर क्षेत्रमा अब्बल दर्जामा गनिन्थिन्।

     'दाइको दाङ सरुवा भयो, किन–किन मलाई त्यो पुलिसको जागिरमा मनै स्थिर छैन, अरु नै केही गरेर खाउ“ला छाडिदिनुस् भनेको मान्नुभएन, तपाईंले भने मान्नुहुन्थ्यो कि? दाइलाई सम्झाउनुस् न बाबु,' एकदिन सुनिता भाउजूले मलाई यही भनेकी थिइन्।

    दिनदिनको बढ्दो हिंसा र हत्याले देश त्राहि–त्राहि थियो। अधिकृत भनेर भएन, प्रहरीको जागिर कहा“, कतिबेला अशुभ समाचार सुन्नुपर्ने हो, पत्तै थिएन। मैले पनि दाइलाई सम्झाउन खोजेको हु“। विडम्बना, हरिश्चन्द्र दाइ दाङ सरुवा भएको पा“च महिना नपुग्दै  माओवादी आक्रमणबाट उनको मृत्यु भयो। सबै गाउ“ स्तब्ध भयो। कल्लेरी शोकले डुब्यो। भाग्यको खेल, बिचरा सुनिता भाउजूको सर्वस्व हरण भयो। जीवनको बत्ती निभ्यो।

    दाइ, मरेको पीडा कल्लेरी बाजेबज्यैलाई चानचुन महिना दिन दुख्यो होला, तर सुनिता भाउजू धेरै वर्ष बर्बर्ती रुँदै हिँडिन्। शोकले दुब्लाएर धागोझैँ भइन्। सबैले सम्झाए, संसार यस्तै हो, सति जान पनि नसकिने। दाइको आलो घाउ बिस्तारै ओभाउन के थालेको थियो, कल्लेरी बज्यैलाई देखिसह्य भएन। उनी आफ्नी बुहारीलाई सधैँका लागि घरबाट गलहत्ती लगाउने नाना तरहका प्रपञ्च रचिरहेकी थिइन्।

    दाइको मृत्यु भएपछि राज्यका तर्फबाट पाउने सबै रकम–कलम कल्लेरी बाजेबज्यैले बुझे। सुनिता भाउजूलाई एक पैसा पनि दिएनन्। बरु त्यही पैसा खर्च गरेर कान्छो छोरा श्यामभक्तलाई विदेश पठाएका छन्। बिचरी भाउजूमाथि उनीहरूको अवहेलना जारी रह्यो।

    भाउजूको कर्म नै खोटो भएर होला, नत्र त्यति शील–स्वभाव र पढेलेखेकी बुहारी पाउन त्यो परिवारले तपस्या गर्नुपर्थ्यो। वास्तवमै भाउजू कर्महारा रहिछन्। विवाह गरेको तीन वर्ष नहु“दै दैवले सिउ“दो उजाड बनाइदियो। मानसिक रुपमा एउटा भयंकर मृत्यु मरिसकेर पनि भाउजू पीडा खेपेर बा“चिरहेकी छन्। त्यसमा पनि कल्लेरी बज्यैको दिनदिनको शब्द चिथोराई निकै निर्मम र पीडादायी थियो।

    रातको ११ बजिसकेको थियो। अझै पनि कल्लेरीको घरमा बुहारीलाई श्राप गर्ने काम सकिएको थिएन। ढोका खोलेर यसो सुन्छु– सुनिता भाउजू घु“क्क–घु“क्क रोएको र कल्लेरीको अशिष्ट गाली भट्याउने क्रम चलिरहेकै छ, 'आज फेरि कुन शीर्षकमा गाली गरेकी होलिन् कल्लेरीले?' गाली र विद्रोहका लागि खास के शीर्षक चाहियो र जतिबेला पनि निकाल्न सकिन्छ। 'भा“डा धु“दा जुठो रह्यो' भनी होलिन्।'घा“स नकाटेर गोठमा गाई कराइरहे' भनिहोलिन्। वा यस्तै अरु नै नया“ बहाना बनाइन् होलिन्।'

     भाउजूप्रतिको यो यातना अपराधको धारावाहिक शृंखला देखेर म आफैँमा निकै स्तब्ध छु। एक मनले भन्छ– जाउ“ र बज्यैलाई सम्झाउ“। तर बज्यैले अर्काको कुरै सुन्दिनन्। सुनेर पनि बुझ्दिनन्। बडो मापाकी छन् उनी। रणचण्डी भएका बेला उल्टै बुहारीको रिस ममाथि खन्याउने हुन् कि भन्ने डर लाग्थ्यो। तर, सुनिसक्नु र सहिसक्नु नभएकाले म कल्लेरीतर्फ लागेँ।

    कल्लेरीबाजे पिँढीमा बसेर चुरोट तानिरहेका थिए। घरबूढीले बुहारीमाथि गरेको जति ठूलो अन्याय पनि मूकदर्शक बनेर हेरिरहने उनको बानी नै परेको थियो। घरबूढीविरुद्ध आवाज उठाउने उनको हिम्मत थिएन। ढोकाको छेउमा बसेर बज्यैले चर्को–चर्को स्वरमा भट्याइरहेकी छन्। भित्र कोठामा सुनिता भाउजू असह्य पीडा रोइरहेकी छन्। भा“डाहरू यत्रतत्र फ्या“किएका छन्। घटनाको प्रकृति हेर्दा लाग्छ, 'त्यो घरमा आज खाना पाकिरहेको छैन।'

     'के भयो र बज्यै? भाउजूलाई किन गाली गरिरहनुभएको छ?' मैले यति मात्रै के भनेको थिए“, बज्यै मस“ग उफ्रन सुरु गरिन् 'टोकुवीको साख्खे हुनपर्दैन बाबु। कुरा बुझ्नु छैन, अझै भाउजूलाई गाली गरिस् भन्ने? माया लागे लगेर पाल न त। छोरालाई खाइहाली क्यारे!' कल्लेरी बज्यैको तीखो वचन मप्रति लक्षित भएकामा मलाई निकै रिस उठ्यो। आफ्नो तर्फबाट कल्लेरी बज्यैलाई केही कुराहरू राखेर म फर्कें।

    राति अबेरसम्म कल्लेरीको घरमा एकोहोरो गनगन सुनिएको थियो। बिचरा सुनिता भाउजू, आज हरिश्चन्द्र दाइ भइदिएको भए के त्यो घरले यसरी हेप्न पाउ“थ्यो र?

    भोलिपल्ट एकाएक सुनिता गाउँबाट भाउजू हराएको खबर फैलियो। खबर सुनेर म मर्माहत भए“। गाउ“लेहरूले भन्दै थिए, 'कल्लेरीले साह्रै अचाक्ली नै गरेकी थिई, सहन सकिन होला। कसको मुख हेरेर बा“चोस्, न श्रीमान् न त छोराछोरी। मर्न गई होली बिचरी।'

    कसैकसैले भन्दै थिए, 'पढेलेखेकी आइमाई हो, त्यस्तो दुर्बुद्धी कहा“ गर्थी, माइत गइहोली।'

    गाउ“लेहरू तर्क–वितर्क गर्दै थिए। तर 'भाउजू कहा“ गइहोलिन्?' मनमा एक तमासको पीडाबोध भइरह्यो। हिजोसम्म कल्लेरी परिवारले उनीमाथि गरेको अपराध र गाउ“लेहरूको रमिते प्रवृत्तिभित्र आफैँ पनि आत्मग्लानि गर्न विवश थिए“ म। किनकि भाउजूका लागि मैले पनि कुनै न्याय दिलाउन सकिनँ। अपसोच सबैतिरको विश्वास गुमाएर आज उनी हराइन्।

    नदीनाला, तालतलैया, भीर–पहरा र खाडी खोल्सामा गाउ“ले सुनिता भाउजूको लास खोज्न खटिएका थिए। तर कल्लेरी परिवारमा सुनिता भाउजू हराउनुको कुनै पीडा थिएन।

    'बुहारीलाई बस्नखान दिइनौ। एउटी अबलाको पापले मर्ने बेला पनि बाटो पाउने छैनौ बज्यै,' मैले यति भन्ने हिम्मत राखे“।

    'हामीले घर छाडेर जान भनेका थिएनौ क्यारे। लाउन खान दिएकै थियौँ, घरमा भएपछि कहिलेकाहीँ झगडा त भइहाल्छ नि,' कल्लेरी बज्यैले कुरा सपार्ने दुःसाहस गर्दै थिइन्।

    सुनिता भाउजू जान सक्ने सम्भावित ठाउ“मा खोजतलास भयो। उनको माइतीमा पनि मैले फोन गरेर सोधेँ। त्यहा“ पनि नगएको खबरले भाउजू जिउ“दै छन् भन्ने आशाको त्यान्द्रो चुँडियो।'हरे ईश्वर, सुनिता भाउजू जहा“ रहे पनि जिउ“दै रहून्,' मैले भगवानको नाम पुकारे“।

    समय बित्दै गयो, सुनिता भाउजूको  कुनै खबर आएन।

    पाँच वर्षपछि। 

    म कीर्तिपुर क्याम्पसमा एमए पढ्दै थिएँ। बसोबास होस्टलमै थियो। एक बिहान मैले पत्रिकामा देखेँ, 'घरेलु हिंसाविरुद्ध चालिनुपर्ने कदम' शीर्षकको लेख, जसको लेखक थिइन्,  सुनिता घिमिरे। नाम र फोटोले म विश्वस्त भएँ, त्यो लेख सुनिता घिमिरे अर्थात् सुनिता भाउजूको थियो। लेखको पुछारमा लेखिएको थियो, लेखिका महिला सरोकार केन्द्रस“ग सम्बद्ध हुनुहुन्छ।

    म खुसीले गद्गद् भएँ।     

                                                                                                                         स्रोतःनागरीक दैनिक पत्रिकावाट साभार

http://radiosaligram.com.np/