आज : २०७४ पौष ३ सोमबार|समय : १२:३१

मनोरंजन

  • ‘ढल्कीने जवानी’ तिज गितको म्युजिक भिडियो सार्वजानिक

    साजन परियार ।  हाँस्य कलाकार निर्मल पौडेल (एन.पी.घायल) र सञ्चारकर्मी अर्जुन थापाको ‘ढल्कीने जवानी’ गितको म्युजिक भिडियो सार्वजानिक भएको छ । गतबर्ष सार्वजानिक भएको उक्त गितका म्युजिक भिडियो भर्खरै दर्शक तथा श्रोत माझ आएको हो ।

    सञ्चारकर्की अर्जुन थापा र पछिल्लो समयकी चर्चित गायिका बिन्दु सुनारको स्वरमा उक्त गित बजारमा आएको हो । दिलिप थापाको संगित रहेको उक्त गितका शव्द संकलक निर्मल पौडेल (एन.पी.घायल) हुन । पौडेलले आधा दर्जन गितमा शव्द सृर्जना गरिसकेका छन् । केही समय पहिला सञ्चारक्षेत्रमा क्रियाशिल पौडेल पछिल्लो समयमा हाँस्य क्षेत्रमा चर्चित छन् ।

    आशिष म्युजिक प्रा.लिद्धारा बजारमा आएको गितलाई म्युजिक नेपाल नामक युट्युव च्यानलवाट सार्वजानिक गरिएको छ । म्युजिक भिडियोमा हुमन थापा मगर, रुपा थापा र अर्जुन क्षेत्रीले अभिनय गरेका छन् ।

    हाँस्य शृङखलामा निर्मल पौडेल (एन.पी.घायल) ‘तिखर्’े र सन्दिप पाठक ‘मुसे’ अभिनयले गरेका छन् । ‘ढल्कीने जवानी’ को म्युजिक भिडियोलाई लोभलाग्दो बनाउने काम गरेका छन् नव निर्देशक निर्मल पौडेल (एन.पी.घायल) र नृत्य निर्देशक दिलिप कँडेलले गर्नुभएको हो । पौडेलले भर्खर मात्रमा म्युजिक भिडियोमा हात हालेका हुन् ।

    https://www.youtube.com/watch?v=rSifJa9bicA&t=166s

http://radiosaligram.com.np/