आज : २०७४ पौष ३ सोमबार|समय : १२:३०

शालिग्राम खबर

  • जलजला गाउँपालिकामा पुन विवाद

    पर्वत । जिल्लाको जलजला गाउँपालिका १ वाँसखर्कको वजारमारे क्षेत्रमा चार लाईनको तार हटाएर दुई लाईनको कायम गरिएको भन्दै स्थानीय वासिन्दाले विरोध गरेका छन् । वडाध्यक्षले पूर्वाग्रह राखेर विद्युतको तार थुतेको भन्दै स्थानीयले विरोध गरेका हुन् ।

    पहिलेकै अवस्थामा तार कायम गर्न माग गरिएको छ । सामुदायिक विद्युतकरण भएको वाँसखर्कमा वजारमारे देखि रोहटेसम्म चारलाईनको तार विच्छाइएको थियो । वडाध्यक्षको निर्देशनमा मध्यरातमा तार झिकेर अर्कै राखिएको स्थानीय नरबहादुर खत्रीले वताउनुभयो ।

     चार लाईनको तार हटाएपछि गाउँमा ससाना उद्योग, मिल सञ्चालन गर्न गाह्रो भएको उहाँले जानकारी दिनुभयो । घरमा आएको विजुली वाल्नुवाहेक अरु कुनै काम गर्न पनि नसकिएको स्थानीयले वताएका छन् । मिल र उद्योग चलाउन चारलाईनको तार आवश्यक पर्छ ।

    वडाध्यक्ष तुलसीराम रेग्मीले भने चार लाईनको तारले दुर्घटना हुनसक्ने देखेर निकालिएको वताउनुभएको छ ।चार लाईनको तारमा वढि भोल्टेजमा विद्युत प्रवाह हुने कारण जोखिम वढेको देखेर तार निकालिएको रेग्मीको भनाई छ ।

    समस्या परेको भन्दै छिटो समस्याको समाधान गर्न स्थानीयले गाउँपालिका कार्यालयको पनि ध्यानाकर्षण गराएका छन् ।

http://radiosaligram.com.np/