आज : २०७४ पौष ३ सोमबार|समय : १२:३५

स्वास्थ्य

  • पर्वतमा भाइरल ज्वरोका विरामी बढे

    साजन परियार, कुश्मा पर्वत । जिल्ला अस्पताल पर्वतमा भाइरल ज्वरोका विरामीको चाप बढेको छ ।

    चर्को घामका कारण असहनीय गर्मी र फाट्फुट रुपमा पर्ने गरेको पानीका कारण अहिले जिल्लामा भाइरल ज्वरोका विरामी देखिन थालेको जिल्ला अस्पताल पर्वतका प्रमुख डाक्टर बुद्धिवहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पताल पर्वतमा उपचार गराउन आउने विरामी मध्ये १२ प्रतिशत विरामीहरुमा भाइरल ज्वरोका लक्षण देखिएको छ ।

    जिल्ला अस्पताल पर्वतमा रुखा, खोकी, टाइफाइडका विरामीहरुको संख्या समेत बढ्दै गएको छ ।  बर्खायाममा फैलिने भाइरलका कारण स्वास्थ्य संस्थामा आउनेको भीड पनि बाक्लिँदै गएको छ । प्रकोप बढेपछि साविक भन्दा दोव्वरको संख्यामा स्वास्थ्य संस्थामा उपचारका लागि विरामी आएका छन् ।

    जिल्लाका विभिन्न गाउँठाउँमा अहिले रुघा, खोकी, ज्वरो,टाइफाइड, पखाला, निमोनिया र भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा निक्कै वृद्धि भएको चिकित्सकहरु बताउँछन् । मौसममा भएको परिवर्तनले बुढापाका र बालबालिकामा बढी मात्रामा भाईरल संक्रमण देखिने गरेको छ ।

    सबै उमेर समूहका व्यक्तिलाई यो संक्रमणले सताउने भएपनि वुढापाका र वालवालिकालाई वढि समस्या हुने गरेको छ ।

http://radiosaligram.com.np/