आज : २०७४ पौष ३ सोमबार|समय : १२:३१

शालिग्राम खबर

  • शंकरपोखरीमा नेपाल विद्यार्थी संघ ईकाई कार्यसमिति गठन

    भदौ, पर्वत । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति पर्वतले जिल्लाका रिक्त रहेका मा.वि र बहुमुखी क्याम्पसमा संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।यसै विच जिल्लाको फलेवास नगरपालिका–३ शंकरपोखरीमा रहेको त्रिभुवन माद्यामिक विद्यालयमा नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति गठन गरेको हो ।

    समितिको अध्यक्षमा स्मृति तिवारी, उपाध्यक्षमा अनिता लामिछाने,मन्जु भुषाल, किरण परियार, सचिवमा अमृता अधिकारी, सहसचिवमा सुनिता तिवारी, सुनिता क्षेत्री, कल्पना भुषाल र राम वि.क, कोषाध्यक्षमा ममता भुषाल, सह–कोषाध्यक्षमा सुजता भुषाल र सदस्यहरुमा सजिना लामिछाने, कामना अधिकारी, कमला अधिकारी रहनुभएको नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतका सदस्य सुनिल शर्माले जानकारी दिनुभयो ।

    नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पर्वतका जिल्ला सदस्य किसान थापा, बलराम बस्याल, सुनिल शर्मा,सहवाक सापकोटा, जनप्रिय बहुमुखी क्याम्पस पोखराका उपाध्यक्ष शिव मानन्धरको विशेष उपस्थितीमा संगठन विस्तार गरिएको हो ।

    साथै कार्यक्रममा विद्यार्थीका समस्या र भावी रणनितिका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा त्रिभुवन माद्यामिक विद्यायका सयौ विद्यार्थीहरुको उपस्थिती रहेको संघले जनाएको छ ।

http://radiosaligram.com.np/