आज : २०७४ पौष ३ सोमबार|समय : १२:३३

विचार

  • काम गर्ने तर प्रचारको वास्ता नगर्ने नेता 

    पर्वत/दाताले दिएको एम्बुलेन्सको छेउमा बसेर फोटो खिचाई जिल्लाका कोही नेता आफूले काम गरेको देखावा गर्छन् ।  तर यही जिल्लामा कोही यस्ता नेता पनि छन् जसले काम गर्छन् तर प्रचारमा वास्ता गर्दैनन् । नेता अर्जुनप्रसाद जोशी पर्वतको समग्र विकासमा धेरै ठूलो योगदान गरेर पनि प्रचार गर्न नरुचाउने नेता हुन् । २०४८ सालबाट पार्टीको सभापति भइ जनताको काममा समर्पित भएका जोशी २०५६ सालमा पहिलोपटक प्रतिनिधिसभा सदस्य र २०६४ र २०७०मा संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनलाई जनताको काम गर्ने उत्साह अरु बढ्यो । जोशीकै पहलमा जिल्लाका धेरै खानेपानी योजनाहरु सम्पन्न भए । सुख्खा र बञ्जर जमिनमा  सिंचाई पुग्यो ।  उनले आफ्नो निर्वाचन क्षेत्रसहित पर्वतका धेरै गाउँमा बाटो र बिजुली पु¥याए । विद्यालय र स्वास्थ्यचौकी बनाए । महिला, दलित जनजाती र सीमान्तकृत समुदायमा आयआर्जनका लागि करोडौंका कार्यक्रमहरु सम्पन्न गरे । उनकै सक्रियता र पहलमा विनाशकारी भुकम्पबाट पीडित भएकाहरुले राहत पाए भने पछिल्लो पटक जनता आवास कार्यक्रममार्फत जिल्लाका सयौं दलित तथा विपन्न परिवारले सुरक्षित घर पाए । समग्र विकासका लागि पर्वतेली जनताले भरोसा गरेका जोशी मिडियाको पर्दामा भने खासै कहिल्यै आउन चाहेनन् । 

    नेता जोशी योग्यता, क्षमता, निरन्तरता, क्रियाशीलता र ज्येष्ठताका हिसावले धौलागिरीमै अग्रज नेता मानिन्छन् । विकासप्रतिको निष्ठा र जनताप्रतिको समर्पणका कारण नेता जोशीको राजनीतिक उचाई आज सबैभन्दा माथि छ । लामो समयसम्म लाभको पदमा रहेर पनि उनी निष्कलंक र स्वच्छ छविका नेता मानिन्छन् । बढिभन्दा बढि जनतामा जाने, जनताका समस्यालाई बुझ्ने उनको विशेष गुण हो । सायद जनताप्रतिको त्यही इमान्दारिता र विश्वसनीयताका कारणपनि उनले पर्वत क्षेत्र नं १ बाट तीन/तीन पटक चुनाव जित्न सफल भएको उनका शुभचिन्तकहरु वताउँछन् । 
    यतिबेला मुलुकमा स्थानीय तहको चुनाव सम्पन्न हुनेक्रममा छभने संघ र प्रदेशको चुनावको मिति तय भएको छ । चुनावको निकटतासँगै धेरै आकांक्षीहरुले पर्वतमा पनि निर्वाचनमुखी ‘प्रोपोगान्ड’ शुरु गरेका छन् । अरुले गरेका कामलाई समेत आफ्नो नाम भजाएर जनताको मत तान्ने केही नेताको मनशाय अहिले मिडियामा प्रकट भएको छ ।

    राजनीतिलाई आफ्नो विजनेस बनाउने र सम्पत्ती आर्जन गर्ने सोंच पनि धेरै नेताहरुमा नहोला भन्न सकिन्न । तर नेता अर्जुनप्रसाद जोशी यतिखेर चुनावमुखी मनोविज्ञानबाट अलग रहेको वताउँछन् । जिल्लाका अन्य पार्टीका नेताहरु समेतले संघको निर्वाचनमा लड्ने उनीबाहेकको नेता नभएको वताइरहेको र पार्टीभित्रका नेताहरुले समेत संघको निर्वाचनका लागि जोशी निर्विकल्प उमेद्वार भएको चर्चा गरिरहँदा उनीभने निर्वाचन लड्ने वा नलड्ने कुनै निर्णयमा पुगिनसकेको वताउँछन् । ‘म तीन/तीन पटक चुनाव लडेर निर्वाचित भएको व्यक्ति हुँ, तर यसपालिको चुनाव लड्ने, नलड्ने वा केमा लड्ने भन्ने कुनै निर्णय गरेको छैन ।’–नेता जोशीले भने । 

    जनतामा धेरै लोकप्रिय र विकासप्रेमी नेता भएकोले संघमा जोशीनै चुनाव लड्नुपर्ने जिल्लाका धेरै शुभेच्छुकहरुको माग छ । उनीप्रति धेरै कार्यकर्ताहरुको अपूर्व विस्वासका कारण पनि उनी निर्वाचनको मैदानबाट पञ्छिन सक्ने सम्भावना भने छैन । आफू क्षेत्र नं १ को भएर पनि क्षेत्र नं २ मा समेत विकास निर्माणका धेरै शीर्षकहरुमा उनको महत्वपूर्ण योगदान छ । उनी क्षेत्र नं १ मा मात्रै नभएर २ मा पनि त्यत्तिकै लोकप्रिय छन् । त्यसैले पनि जोशी आम काँग्रेसका भरोसा र  शाख हुन् ।
     

http://radiosaligram.com.np/