आज : २०७४ पौष ३ सोमबार|समय : १२:३२

शालिग्राम खबर

  • लाईन काटेपछि वेउलीवासका ग्राहकले तिरे २ लाख ८० रुपैयाँ वक्यौता

    साजन परियार, पर्वत ।नेपाल विद्युत प्राधिकरण विद्यु्त वितरण शाखा पर्वतले विद्युत महसुल नबुझाउने ग्राहकहरुको धमाधम लाईन काट्न थालेको छ ।

    विद्युत महसुल लामो समयसम्म नवुझाउने र ताकेता गर्दा पनि अटेरी गर्ने ग्राहकको लाईन काट्न थालिएको हो । दशैँ अगाडी देखि नै लाईन काट्न शुरु गरेको शाखाले हालै पैयुँ गाउँपालिका–३ साविक बेउलीवास गाविसका ४ सय ५४ जना ग्राहकको विद्युत लाईन मनटेपछि ग्राहकले वल्ल रकम भुक्तानी गरेका छन् ।

    प्राधिकरणले लामो समयदेखी विद्युत महसुल नबुझाएको भन्दै लाईन काटपछि ग्राहकहरु वाध्य भएर विद्युत महसुल वुझाएका छन् ।

    पटक पटक जानकारी दिएर महसुल वुझाउन ताकेता गर्दा पनि नवुझाएपछि लाईन काटिएको र लाईन काटेपछि आज आएर उपभोक्ता समितिको तर्फवाट महसुल फस्र्यौट गरिएको पर्वत वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो । साविक बेउलीवास गाविसमा करिव ३ लाख बक्यौता रकम उठ्न बाँकी रहेको थियो ।

    बेउलीवास सामुदायिक विद्युत उपभोक्ता समितिका अध्यक्ष डोलराज काफ्लेले नेपाल विद्युत प्राधिकरणले विना जानकारी लाईन काटेको प्रति गम्भीर ध्यानआर्कषण भएको बताउनु भएको छ । उहाँले २ लाख ८० हजार वक्यौता वुझाइएको जानकार्री दिनुभयो । महसुल वुझाएपछि आजवाटै लाईन सुचारु गर्ने तयारी छ । 

http://radiosaligram.com.np/