आज : २०७४ कार्तिक २ बिहीबार|समय : ०९:१२

शालिग्राम खबर

  • वडाध्यक्षद्धारा सेवाग्राही माथि दुव्र्यवहार

    साजन परियार, फलेवास  । जिल्लाको फलेवास नगरपालिकाका एक वडाध्यक्षले एक सेवाग्राही महिलामाथी दुव्र्यवहार गरेका छन् । कार्यालयमा नागरिकताको सिफारिस लिन गएकी फलेवास नपा ७ लिमिठानाकी सरिता पाण्डेलाई फलेवास नपा ७ का वडाध्यक्ष हरिराम रेग्मीले गालीगलौज र हातपात गरेका हुन् ।

     पाण्डेले दिएको जानकारी नागरिकताको प्रतिलिपी सिफारिस लिन गएको वेला वडाध्यक्ष रेग्मीले पहिला सिफारिस दिन नमानेको र पछि विवाद झिक्दै कार्यालयवाटै हातपात गरेर गलत्याएका थिए । सरिता पाण्डे आफ्नी वहिनी सविना पाण्डेको नागरिकता हराएपछि प्रतिलिपी सिफारिस गर्न पुगेकी थिईन । यो घटना अनावश्यक गालीगलौज र हातपात गरेको जानकारी दिईन ।

    वहिनी सविना रेग्मीको नागरिकता आगोले जलेको थियो,नागरिकता भित्र पानी पसेर अक्षर समेत बुझिएको थिएन, उनले भनिन, ‘मैलै वडा अध्यक्षलाई अर्को नागरिकता बनाउन पर्ने भएकाले सिफारिस बनाईदिनु प¥यो भनेकी थिएँ । ‘उहाँले मेरो जागिर खान आएकी होस् भन्दै हातपात गर्नुका साथै दुव्र्यवहार गर्नुभयो, ‘पीडित पाण्डेले भनिन् । ’

     उक्त घटनाको विषयवारे वडा कार्यालयमा बोलाएर स्थानिय बिच छलफल गरेपछि वडाध्यक्षले सचिव विदामा बसेकाले पछि आउन आग्रह गरेको वताए । ‘हतार थियो अहिले नै चाहियो भने पछि वडाध्यक्षले कार्यालयवाटै गलत्याएर निकाले, ’उनले टेलिफोनमा भनेकी छिन् । ‘मैले गुहार पनि मागेकी ह,ुँ सरिताले भनिन् । ‘ वडाध्यक्षले गलत्यार निकालेपछि सचिव संग सम्पर्क गरेर उनले सिफारिस त वनाईन तर ३ हजार रुपैयाँ घुस ख्वाएर उनले सिफारिस वनाएको जानकारी दिएकी छिन् ।

     सचिव रामवहादुर परियारले ३ हजार रुपैयाँ मागेर सिफरिस बनाईदिएको उनले टेलिफोनमा वताईन । तर गाविस सचिवले भने २ सय रुपैयाँ दस्तुर लिएको दावी गरेका छन् । सचिव परियारले भने ‘मैले नियमानुसार लिनुपर्ने दस्तुर लिएको हा,े त्यसवाहेक एक रुपैयाँ लिएको भए जुनसुकै कारवाहि भोग्न तयार छु ।

    सचिवको आग्रह उद्धृत गर्दै सेवाग्राहि सरिताले भनिन,् ‘उहाँ अर्थात गाविस सचिव परियारले तपाईको काम हुन्छ चिया खर्च दिनुप¥यो भन्नुभयो’ । मैले ३ हजार रुपैयाँ झिकेर दिँए सविनाले गुनासो गर्दै भनिन् । टेलिफोनमा उनले भनेको कुरा संवाददाता संग सुरक्षित छ । तर, यस विषयलाई  निज महिलाले अनाश्यक मोड दिएर आफ्नो बेईज्जत गर्न खोजेको सचिव परियारले जनाए । ‘मैले पैसा लिएको छैन सर ति महिलाले मलाई त्यसै दोष लगाउन यत्रो प्रपञ्च रचेकी हुन, ‘सचिव परियारले भनेका छन् ।’

    वडा अध्यक्ष हरिराम रेग्मीलाई वुधवार विहानै देखि संवाददाताले फोन गर्दा निकै वेर पछि फोन उठ्यो । घटनाको वारेमा वताउँदा वडाध्यक्षल भने, ‘मलाई यो घटना थाहा छैन वुझेर भनौँला भन्दै फोन काटे र्। फेरि एकघण्टापछि आफैँ फोन गर्दा रेग्मीले ति सरिताले वहिनीको पहिले दिएको नागरिकता केरेर आएको र जन्ममिति सच्चाउन खोजेको र उनले विवाद वढाएको वताए ।

     नागरिकता ऐनमा नागरिकताको विवरण संसोधन गर्न नमिल्ने नियम छ । त्यहि भएर आफुले संसोधन गर्ने गरि सिफारिस दिन नसक्ने वताएपछि ति महिला सन्किएर अनेकन आरोप लगाएको रेग्मीले वताए ।

    ‘सचिव संग सम्पर्क गर्नुहोस मैले अरु केहि भनेको हैन हातपात गरेको हैन’ ‘उहाँले ३२ सालको नागरिकतालाई ३८ सालको बनाएर ल्याउनु भएको रैछ । आफै सच्चाएर बनाएकी रैछिन । अहिले सचिव सर हुनुहुन्न सचिव सर आएपछि प्रतिलिपी दिने कुरा हो ।

    सचिव आएपछि दिउँला भनेको हुँ रेग्मीले आफ्नो वचाउ गर्दै भने । अझै ति सेवाग्राहि आफुनो नाताले बैनी भएको वताउँदै वडाध्यक्ष रेग्मीले उनीसँग कुनै रिसिईवी नभएको पनि जनाउ दिए ।

http://radiosaligram.com.np/