आज : २०७४ कार्तिक २ बिहीबार|समय : ०९:११

शालिग्राम खबर

  • 'जानी राखौं, यस्ता छन् ‘स्वास्थ्य बिमा’का फाइदा'

    काठमाडौ । महँगो बन्दै गएको स्वास्थ्य सेवामा आम नागरिकको पहुँच स्थापित गर्न अब हरेक नागरिक ‘स्वास्थ्य बिमा’ मा आबद्ध हुनुपर्ने भएको छ ।

     स्वास्थ्य बिमा व्यवस्थित गर्ने ऐन संसदले पारित गरेपछि आम नागरिकको स्वास्थ्य बिमा अनिवार्य रुपमा गराउनु पर्ने भएको हो । ऐनले प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भई सेवा पाउने अधिकार सुनिश्चित गरेको छ । व्यवस्थापिका संसदले स्वास्थ विमा कार्यक्रम सम्बन्धी विद्येयक पारित गरेसँगै अब पहिलो चरणमा राष्ट्रसेवक कर्मचारी, वैदेशिक रोजगारमा जानेको परिवार र औपचारिक क्षेत्रमा कार्यरत व्यक्ति अनिवार्य रूपमा बिमामा आबद्ध हुनुपर्ने भएको छ ।

     ऐनले विमा प्रिमियम रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै शुल्क तिरिदिने व्यवस्था गरेको छ । अति विपन्न नागरिकलाई शत प्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीवीको रेखा मुनी रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने बाध्यता ऐनले गरिदिएको छ । यो ऐन पुर्वस्वास्थ्य मन्त्री गगनकुमार थापाको कार्यकालमा बनाएर संसदमा दर्ता गरिएको थियो । सामाजिक स्वास्थ्य सुरक्षा बिमा ऐन लागु भएपछि जनता कसरी लभान्वित हुन्छन् त ? भन्ने प्रश्नमा पूर्व स्वास्थमन्त्री गगन थापाले औषधी उपचार गर्नकै लागि घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । अहिले केही जिल्लाहरुमा मात्रै लागु भएको स्वास्थ्य बीमा कार्यक्रम अव भने देशभरी नै लागु हुने भएको छ ।

    स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहने पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ । स्वास्थ बीमा कार्यक्रममा आवद्ध हुने तरिकाका बारेमा जानकारी दिनुहुदै सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका निर्देशक डा गुणराज लोहनीले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् ।

     त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा पाउनेछैन् । यस्ता उपचारलाई बीमाले समेट्दैन । यी कुरा बुझ्दै जान थालेपछि अहिले आम नागरिकको आकर्षण पनि निकै धेरै बढेको विमा गराउनेहरुको भनाई छ ।

     पाल्पाको रामपुर नगरपालिकाकी विमा दर्ता सहयोगी शर्मिला भण्डारीले पहिला पहिला विमा गराउन समस्या हुने गरेको बताउँदै अहिले भने सहज भएको बताउनुहुन्छ । विमा ऐन पारित भएको थाहा पाएपछि बुझ्नेहरुले यस्लाई नेपालको स्वास्थ क्षेत्रमा ठूलो उपलब्धीका रुपमा लिएका छन् ।

     अव हरेक नेपालीको स्वास्थ विमा भएपछि ‘रोग लागेका बेला उपचारको प्रबन्ध हुन्छ भने नियमित स्वास्थ्य परीक्षण गर्ने बानी प्रवद्र्धन गरेर रोगै लाग्ने अवस्था पनि घटाउन सकिन्छ, त्यसैले हामी सबैले स्वास्थ्य विमा गरौ ।

http://radiosaligram.com.np/