आज : २०७४ पौष ३ सोमबार|समय : १२:३९

शालिग्राम खबर

  • वाम गठबन्धनबाट बाहिरिने नयाँशक्तिको चेतावनी

    काठमाडौं । वाम एकता र तालमेल सम्बन्धी गठबन्धनमा सहभागी बनेको नयाँशक्ति पार्टीले गठबन्धनबाट अलग्गिने चेतावनी दिएको छ । केपी ओली र डा। बाबुराम भट्टराईवीच बुधबार भएको छलफल सकारात्मक हुन नसकेपछि नयाँशक्तिले यस्तो चेतावनी दिएको हो ।

    बुधबार बालकोटस्थित केपी ओलीको निवासमा छलफलका लागि पुगेका डा। बाबुराम भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग थियो ।

    तर, ओलीले ‘बडो गाह्रो भयो’ भन्दै भट्टराईको माग पूरा नहुने आशय व्यक्त गरेपछि  उनी रिसाएर फर्किएको स्रोतले अनलाइनखबरलाई बतायो ।

    एमाले, माओवादी र नयााशक्ति पार्टीवीच वाम एकताको प्रतिवद्धतासहित चुनावी तालमेल गर्ने सहमति भएपछि डा। भट्टराईले १५ सीट आफूहरुले पाउनुपर्ने माग अघि सारेका छन् । केन्द्रीय संसदमा प्रत्यक्ष र समानुपातिक दुबैमा गरी १५ सीट नयाँशक्तिले मागे हो ।

    नयाँशक्तिका एक नेताले अनलाइनखबरसँग भने, हामी पूर्वसहमतिप्रति इमान्दार छौं । तर, हृदयेश त्रिपाठी लगायतका नेतालाई तालमेलका लागि सीट छुट्याएजस्तै हामीलाई पनि सम्मानजनक स्थान हुनुपर्छ भन्ने हाम्रो आग्रह हो ।

    वाम गठबन्धनमा सहभागी भएका नयाँशक्ति पार्टी लगायतका दललाई सीट छुट्याइसकेपछि बाँकी रहेका सीटमा मात्रै एमाले र माओवादीवीच ६०र४० को भागवण्डा गर्ने सहमति भएको नयाँशक्तिका नेताको दाबी छ ।

    तर,  माओवादी केन्द्रका नेताहरुले अहिले पनि बाबुराम भट्टराईमाथि पूर्वाग्रह राखिरहेको र पुरानो तुष कायमै राखेको गुनासो नयाँशक्तिका नेताले गरेका छन् ।

    बालकोटबाट फर्केपछि विद्रोहको चेतावनी

    बालकोटबाट चित्त दुखाएर फर्केका डा। भट्टराईले दिउँसो १२ बजेतिर बबरमहलस्थित आफ्नो कार्यालयमा नयाँशक्ति पार्टीका नेताहरुको बैठक डाकेका थिए । सो बैठकमा उनले नयाँशक्ति पार्टीलाई सम्मानजनक स्थान दिनका लागि एमाले र माओवादीका नेताहरु अन्कनाइरहेको र आफूहरुलाई अपमानित गर्न खोजेको रिपोर्टिंग गरे ।

    बैठकमा सहभागी नयाँशक्तिका केही नेताहरुले आफ्नो मागलाई उपेक्षा गरिए वाम गठबन्धनबाट अलग भई पार्टीको तर्फबाट बेग्लै उम्मेदवारी दिनुपर्ने सुझाव दिए ।

    बैठकका क्रममा केही नेताले १५ सीटभन्दा कम लिएर सहमति गरिएमा विभिन्न जिल्लामा स्वतन्त्र एवं बागी उम्मेद्वार उठाउने चेनावतीसमेत पार्टी नेतृत्वलाई दिएका छन् ।

    बैठकमा केही नेताले ओली र प्रचण्डबाट अपमानित भएर बस्नुभन्दा वाम गठबन्धन तोडेर नेपाली कांग्रेस वा मधेसवादी दलसँग चुनावी तालमेल गर्नुपर्ने सुझावसमेत दिएको स्रोतले अनलाइखबरलाई बतायो ।

    नयाँशक्तिका एक नेताले भने, हामी भोलसिम्म बाटो हेर्छौं, भएन भने यो गठबन्धनबाट हट्न पनि सकिन्छ ।

    तालमेलको गृहकार्य शीर्ष तहमै अल्झियो

    दशैंका बेलामा तीन दलीय वाम गठबन्धन बनाएका एमाले, माओवादी र नयाँशक्ति पार्टीवीच चुनावी तालमेलका लागि कार्यदलसमेत गठन भएको छ । कार्यदलमा नयाँशक्तिबाट गंगानारायण श्रेष्ठको नाम समावेश भए पनि अहिलेसम्म औपचारिक बैठक बस्न सकेको छैन ।शीर्ष नेताहरुवीच पहिले सहमति गरेपछि कार्यदलले काम टुंग्याउने भनिए पनि हालसम्म शीर्षनेताहरुमै तालमेलको सहमति हुने नसकेको  एक नेताले अनलाइनखबरलाई बताए ।

http://radiosaligram.com.np/