आज : २०७५ श्रावण ३१ बिहीबार|समय : ०४:२१

स्वास्थ्य

  • पर्वतको मोदीगाउँपालिका सरसफाई तथा स्वच्छता प्रर्वद्धन सम्वन्धि तालिम सम्पन्न

    साजन परियार, ३१ असोज, पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा जिवन उपयोगी सिपमा आधारित सरसफाई तथा स्वच्छता प्रर्वद्धन पशिक्षक परिक्षण सम्वन्धि ४ दिने तालिम सम्पन्न भएको छ । गत शनिवार देखी शुरु भएको तालिम आज सम्पन्न भएको हो ।

    जापनिज रेडक्रस सोसाईटीको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी  पर्वत शाखाको अगुवामा उक्त तालिमको आयोजना गरिएको थियो । तालिममा मोदीगाउँपालिका २,३ र ५ नम्वर वडामा रहेका विद्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारको गुरुयोजना  २०६८ अनुरुप स्वास्थ्य सरसफाई स्वच्छता प्रवद्र्धन र शुद्ध पिउने पानी जस्ता क्षेत्रहरुमा कार्य गर्ने र पूर्ण सरसफाईलाई जिल्लामा अगडी बढाउन सहयोग पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

    जिवन उपयोगी सिपमा आधारित यस तालिमले शिक्षकवाट विद्यार्थी र विद्यार्थीवाट समुदायमा स्वास्थ्य र सरसफाईको पहुँच पु¥याउने उद्देश्य राखिएको छ । तालिमको सहजिकरण जुनियर युवा विभाग केन्द्रका निर्देशक सुदर्शन अधिकारी, विभागका प्रतिवेदन तथा मुल्याकन अधिकृत अम्बिका रिमाल, विभागका लेखा अधिकृत तिलक श्रेष्ठ र विभागका कार्यक्रमका अधिकृत प्रेमप्रकाश केसीले गर्नुभएको थियो । तालिमको आज जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले समापन गर्नुभएको छ ।

    समापन कार्यक्रममा बोल्दै पौडेलले शिक्षकहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तानु पर्ने बताउनु भयो । शिक्षकहरुमा भएको ज्ञान र सिपलाई व्यवहारमा उतार्न नसक्दा सामुदायिक विद्यालयहर कमजोर बन्दै गएको पौडेलको भनाई छ ।  कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पौडेलले विद्यालयमा सरसफाई र स्वच्छ खानेपानी आवश्यक भएको बताउँदै  तालिममा सिकेका कुराहरुलाई विद्यालयमा प्रयोग गर्न सुझाव दिनुभयो ।

    कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापति रुद्रवहादुर रिमालले तालिम धेरै उपयोगी भएको बताउनु भयो । उहाँले तालिमले सरसफाई स्वच्छता प्रवद्र्धनमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाका सभापति रिमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जुनियर युवा विभाग केन्द्रका निर्देशक सुदर्शन अधिकारी, पशुपती आधारभुत विद्यालयका प्रधानाध्यापक ताराप्रसाद तिमिल्सीना, नेपाल रेडक्रस सोसाईटीका उपमन्त्री पितम्वर शर्मा अधिकारी, सहभागी ज्ञानु हमाल, लक्ष्मी गिरी लगायतले बोल्नुभएको थियो ।

    उक्त समापन कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत प्रेमप्रकाश केसीले गर्नुभएको थियो ।

http://radiosaligram.com.np/