आज : २०७५ श्रावण ५ शनिबार|समय : ०४:१३

मनोरंजन

  • पुरूषले किन पाल्छन् दाह्री-जुंगा, यस्तो छ कारण !

    सामान्यतया अधिकांश पुरुषहरुमा दाह्री–जुंगा पाल्ने चलन व्याप्त हुन्छ । अहिले त आम युवाले फेसनकै रुपमा पनि दाह्री–जुंगा पाल्न थालेका छन् । केही युवाको समूहले ‘दाह्री ग्याङ’ भनेर समूह नै पनि बनाएका छन् ।

    यो समूहसँग दाह्री–जुंगा पालेका युवा वर्ग आबद्ध छन् । यसरी अधिकांश पुरुषले पाल्न रुचाउने जुंगा–दाह्रीको केही वैज्ञानिक उपयोगिता पनि छन् । जुन तपाईंलाई थाहा नहुन सक्छ । जुंगा–दाह्री पाल्ने चलनको सुरुवात बारे पनि वेग्लै इतिहास छ ।

    सन् १९९९ मा दक्षिण अष्ट्रेलियाको एडिलेड शहरमा ८० जना युवाको समूहले एउटा सोच बनायो । अलिअलि चिसो बढेको समय, नोभेम्बर महिना । ती युवाले नोभेम्बर महिनाभर जुंगा नकाट्ने बरु त्यो जुंगा काट्ने पैसाले एउटा च्यारिटीको स्थापना गर्ने निर्णय गरे ।

    अंग्रेजीमा ‘मोस्ताच’ भनिने जुंगा र नोभेम्बर महिनाको ‘भेम्बर’ शब्दलाई मर्ज जरेर ती युवाले एउटा शब्द बनाए ‘मोभेम्बर’ । मोभेम्बर अर्थात् नोभेम्बर महिनामा पुरुषहरुको स्वास्थ्य समस्याबारे जागरुक बनाउने र जनचेतना फैलाउने एउटा बार्षिक अभियान । यस अवधिमा युवाहरु आफ्नो जुंगा नकाट्ने निर्णय गरे ।

http://radiosaligram.com.np/