आज : २०७५ जेठ ११ शुक्रबार|समय : ०२:२५

खेलकुद

  • दोस्रो पर्वत स्टार तेक्वान्दो प्रतियोगिता फलेवासमा शुरु

    फलेवास-राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति पर्वतको आयोजनामा दोस्रो पर्वत स्टार तेक्वान्दो प्रतियोगिता आजदेखि फलेबासमा शुरु भयो । प्रतियोगिताको   फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणी शर्माले उद्घाटन गरे ।

    कार्यक्रममा बोल्दै मेयर शर्माले खेलकुदले व्यक्तिलाइ अनुशासित र लगनशील बनाउने भएकाले खेलकुदको लाागी आफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा फलेवास नगरपालिका उप प्रमुख मन्जु अधिकारीको पनि उपस्थिती रहेको थियो ।

    प्रतियोगिताको फलेवास तेक्वान्दो डोजाङका प्रमुख हिटलर थापाले संयोजन  गरेका थिए । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समितिका अध्यक्ष कमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तेक्वान्दो संघका उपाध्यक्ष लकास सुवेदीले गरेका थिए भने स्वागत सचिव युवराज पुनले गरेका थिए ।

     प्रतियोगितामा पर्वत जिल्लाका १५० जना खेलाडी सहाभागी हुनेछन । दुई जना उत्कृष्ट खेलाडी र एक जना सर्वोकृष्ट खेलाडी छनौट गरिने छ र सर्वोकृष्ट खेलाडीलाई पर्वत स्टार घोषणा गरिने छ ।

http://radiosaligram.com.np/