आज : २०७४ माघ ९ मंगलबार|समय : १२:०२

मनोरंजन

  • बालविवाह रोक्ने अभियानमा रेखा

    नेपालगन्ज - नायिका रेखा थापाले आफूले पनि बालविवाहकै कारण विभिन्न पीडा सामना गर्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेकी छन् । ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु भएको संकल्प सम्मेलनमा छोरीको भविष्य सुनिश्चित गराउन बाँकेमा एक कार्यक्रमबीच संकल्प गरियो ।

    शुक्रबार भएको सोही कार्यक्रममा नायिका थापाले बालविवाह हुन नदिने संकल्प गरिन् । सिनेमामा प्रायः नारीमाथि हुने हिंसाको आवाज उठाउने नायिका थापा वास्तविक जीवनमा पनि महिला हिंसा अन्त्यका लागि महाअभियानमा सरिक भएकी हुन् ।

    विगत एक वर्षदेखि बालविवाह अन्त्यका लागि विभिन्न ठाउँमा प्रवचन र प्रतिबद्धता गराउँदै आएका अन्तर्राष्ट्रिय लाइफ कोच नरबहादुर कार्कीको अभियानलाई नायिका थापाले साथ दिएकी हुन् । महिला हिंसाको मूल जड नै बालविवाह हो । चर्चित कलाकारबाट हिंसा अन्त्यका लागि अभियान थाल्दा प्रभावकारी हुने भन्दै नायिका थापालाई महाअभियानमा सरिक गराएको कार्कीले बताए । आजको नागरिक दैनिकमा खवर छ ।

http://radiosaligram.com.np/