आज : २०७४ माघ ९ मंगलबार|समय : १२:०३

अर्थ

  • एनसेलको लाभांशवापत २५ अर्ब बाहिरिँदै

    काठमाडौ - सर्वोच्च अदालतले एनसेललाई लाभांशवापतको रकम विदेश लैजान बाटो खोलेसँगै तत्काल २५ अर्ब आठ करोड रुपैयाँ बाहिरिने देखिएको छ । कम्पनीले आर्थिक वर्ष ०७२र७३ को लाभांश लैजान समस्या परेको बताउँदै अदालतमा मुद्दा दायर गरेको थियो ।

    सो आर्थिक वर्षको लाभकर र स्वदेशी लगानीकर्ताले पाउनुपर्ने रकम कटाएर ६ अर्ब ११ करोड रुपैयाँ एनसेलले विदेश लैजान पाउने छ । सोही नजिरमा टेकेर थप १९ अर्ब रुपैयाँ पनि कम्पनीले विदेश लैजान पाउने छ । दुवै हिसाब गर्दा २५ अर्ब ११ करोड रुपैयाँ एनसेलले विदेश र्पुयाउन लागेको हो ।

    कम्पनीले लाभांश लैजाँदा त्यसको चाप देशको आयव्यय खाता ९शोधानान्तर० र बैंकिङ प्रणालीमा पर्ने देखिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलका अनुसार यसरी एकैपटक पैसा बाहिरीदा शोधान्तरमा असर पर्ने देखिन्छ ।

    कात्तिकसम्ममा शोधानान्तर बचत दुई अर्ब ४० करोड रुपैयाँ छ । अन्य अवस्था यथास्थितिमा रहेमा यो एनसेलले लैजाने रकम बराबरले नै घाटामा जाने राष्ट्र बैंकले जनाएको छ । तत्कालीन अवस्थामा व्यवस्थापीका संसदको लेखा समितिका सभापति समेत रहेर काम गरिसक्नु भएका माओवादी नेता डोरप्रसाद उपाध्याले आदालतको आदेशले अचम्मित पारेको बताउनु भयो ।

    कम्पनीले लाभांश विदेश लैजाँदा बैंक तथा वित्तीय संस्थामा हाल देखिएको पुँजी अभावको संकट थप गहिरिने सम्भावना छ । एनसेललाई सबै लाभांश एकैपटक विदेश पठाउन रोकेर किस्ताबन्दीमा रकम लैजान लगाउन सकिएमा भने त्यसको अर्थतन्त्रमा तत्काल ठूलो दबाब नपर्ने सुझाव छ ।

http://radiosaligram.com.np/