आज : २०७५ बैशाख ८ शनिबार|समय : ०३:५६

शालिग्राम खबर

  • रानीपोखरीमा 'गाईजात्रा': ताला लाउने उपमेयर, ताला फुटाउने मेयर

    काठमाडौँ- दुई वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरी पुनर्निर्माण विवादले नयाँ मोड लिएको छ। लामो सयम बितिसक्दा पनि पुनःनिर्माण हुन नसकेको रानीपोखरीलाई लिएर काठमाडौँ महानगरपालिका मेयर र उपमेयरबीचको विवाद उत्कर्षमा पुगेको हो ।

    काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गरिरहेको रानीपोखरीमा म‌ंगलबार बिहान कांग्रेस कार्यकर्ता र केही स्थानीय लिएर पुगेकी उपमेयर हरिप्रभा खड्गीले ताला लगाइन् । सोमबार कांग्रेसका सांसद गगन थापासहित रानीपोखरी पुनर्निर्माणमा सिमेन्ट र रडको प्रयोग भएको भन्दै आलोचना गरेपछि उपमेयर खड्गीले बुधबार बिहानै ताला लगाइन् ।

    तर उनले लगाएको ताला मेयर विद्यासुन्दर शाक्यसहितको टोलीले दिउँसो तोडिदियो । मेयर शाक्यको अगुवाईमा रानीपोखरी पुनः चलिरहेका बेला रानीपोखरीमा सिमेन्ट र रडको प्रयोग भएको भन्दै कांग्रेसका केही र सर्वसाधरणले आलोचना गरेका थिए ।

    इतिहास मेटिने गरी पुनःनिर्माण गर्न लागिएको भन्दै विरोध भएपछि उपमेयर हरिप्रभा खड्गीले नै निर्माणस्थलमा ताला लगाएकी थिइन् । मेयरले एकलौटी काम थालेको भन्दै खड्गीले रानीपोखरीको इतिहास मेट्न नदिने बताएकी थिइन् । आजको अन्नपूर्णमा खवर छ ।

http://radiosaligram.com.np/