आज : २०७५ श्रावण ५ शनिबार|समय : ०४:११

शालिग्राम खबर

  • लालबाबु पण्डितले भने- प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली

    काठमाडौं- नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन् ।
    म‌ं‌गलबार एक साक्षात्कारमा बोल्दै नेता पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने जिकिर गरे । ुआलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैनु, उनले भने, ुप्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्न पनि सक्नुहुन्छ, अहिले हामी छलफलमा जुटेका छौं।’
    यद्यपि उनले पार्टीको अध्यक्षमा ओली बाहेक गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल पनि बन्न सक्ने सम्भावना भएको बताए । तर अध्यक्ष र प्रधानमन्त्री पनि ओली नै बन्ने उनको विश्वास थियो ।
    साक्षात्कारमा नवनिर्वाचित सांसद पण्डितले गठबन्धनका नेताहरुलाई उचित व्यवस्थापन गर्नेबारे अहिले छलफल चलिरहेको बताए ।‘हिजो चुनावमा तालमेल गर्दा पनि एउटा मापदण्ड बनाएर हामी भाग लिएका थियौं, अब एकताको लागि पनि विशेष मापदण्ड बनाएर छलफलमा जुट्छौुं, उनले भने, ुयति हो कि सबै नेताहरुको उचित व्यवस्थापन हुन्छ, यसमा कुनै द्धिविधा र दुई मत छैन।’आजको अन्नपूर्णमा खवर छ ।

http://radiosaligram.com.np/