आज : २०७४ माघ ९ मंगलबार|समय : १२:०५

शालिग्राम खबर

  • कुश्मानगरपालिकाको वजेट ६१ करोड

    पर्वत -दलिय विवादका कारण रोकिएको कुश्मानगरपालिकाको नगरसभा सोमवार गरिएको छ ।  कुश्मानगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७४÷०७५ का लागि ६१ करोड ३५ लाख ९१ हजार ४ सय ४१ रुपैयाँको वजेट सार्वजनिक गरेको छ । 
    नगरसभाले चालु खर्च तर्फ ५ करोड ९६ लाख रुपैयाँ, विषयगत कार्यालयहरुका लागि २ करोड ९० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पूँजीगत खर्च तर्फ १६ करोड ३ लाख ५ हजार रुपैयाँ विनियोजन भएको छ । 
    नगरसभाले गत आर्थिक वर्षमा कार्य सम्पन्न भई भुक्तानी दिन वाँकि योजनाहरुको लागत रकम २ करोड ७९ लाख २१ हजार ४ सय ४१ र सामाजिक सुरक्षा भत्ता वितरणका लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ । १४ वटा वडा रहेको नगरपालिकाले वडागत रुपमा एकमुष्ठ रुपमा ६ करोड, ठुला योजनामा ४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ । नगरपालिकाले गत आर्थिक वर्षमा १ करोड ५६ लाख ४२ हजार २ सय ४२ रुपैयाँ आन्तरिक आय आर्जन गरेको छ । 
    नगरसभाले कृषिको विकास, सडकको स्तरउन्नती, खानेपानीको व्यवस्थापन, पर्यटन प्रवद्र्धन, स्वास्थ्य, शिक्षा, उद्योग, वन वाताबरण जस्ता विषयलाई प्राथमिकता दिएर वजेट विनियोजन गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए । दिगो र प्रतिफल दिने पूर्वाधारमा वजेटले जोड दिएको उनको भनाई छ । दलिय विवादका कारण तोकिएको मिति भन्दा ६ महिनापछि नगरसभा सोमवार सम्पन्न भएको हो 
    विगतमा तामझामका साथ हुने नगरपरिषद यसपाली कोठाभित्र सिमित भएको छ । परिषदमा नगर कार्यपालिकाका प्रतिनिधीमात्रै सहभागी भएका थिए । । असार मसान्तमा गर्ने तय भएको नगरसभा दलिय विवादका कारण रोकिँदै आएको थियो । नगरप्रमुख जोशीले अव कुश्मानगरपालिकाको विकासले गति लिने विश्वास व्यक्त गरे ।

http://radiosaligram.com.np/