आज : २०७४ माघ ९ मंगलबार|समय : १२:०१

शालिग्राम खबर

  • किन ग–यो पर्वत नेवि संघले हस्ताक्षर अभियान ?

    विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य वीमाको माग गर्दै नेविसंघ पर्वतले पनि देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको छ ।
    यस अघि संगठनले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ७२ घण्टाभित्र माग सम्बोधन गर्न भन्दै ज्ञापनपत्र बझाएको थियो । नेविसंघले केन्द्रको आग्रह अनुसार नेबिसंघ पर्वतले हस्ताक्षर संकलन गरेको हो ।

    पटक पटक सरकारलाई यस विषयमा जानकारी गराउँदा पनि कानमा तेल हालेर बसेकाले यो अभियान थाल्न आफुहरु बाध्य भएको नेविसंघ पर्वतका अध्यक्ष्य शिशिर शर्मा पौडेलले बताए ।

    उनले भने देशलाई समृद्धिको खड्किलोमा चढाउनका लागि शिक्षामा परिवर्तन गर्नु पर्ने भएकाले मन्टेश्वरीदेखि विश्वविद्यालयसम्मका करिब ८० लाख विद्यार्थीको विद्यार्थीका हक हितका लागि यो अभियान सूरु गरेका हौँ’ ।

    भोलिका दिनमा कुनै पनि विद्यार्थीको उपचारको अभावमा स्वास्थ्य बिग्रिने अवस्थाको सिर्जना हुन नदिनका लागि तथा एउटा स्वस्थ्य नागरिकको विकास गर्नका लागि यो अभियान थालिएको स्वतन्त्र बिद्याथी युनियन गुप्तेश्वर क्याम्पसका अध्यक्ष शिशिर क्षेत्रीले बताए ।
    हस्ताक्ष रअभियान निम्न माग पुरा गर्नका लागि गरिएको छ ।

    १.संविधानको मौलिक हक कार्यान्वयन हुने गरि सबै नियमित विद्यार्थीहरुलाई निः शुल्क स्वास्थ्य विमा अविलम्व कार्यान्वयन गर
    २. युवा बेरोजगार जनशक्तिलाई बेरोजगार भक्ताको व्यवस्था गर ।
    ३. उच्च शिक्षमा सबैको पहुँच पुरा¥याउन शैक्षिक प्रमाणपत्र घितो राखेर सहुलियत ऋणको व्यवस्था गर
    ४. सबै शैक्षिक संस्थाहरुमा इ–लाइब्रेरी र इ–क्लासको व्यवस्था गर ।
    ५. ७५३ स्थानिय तहमा कम्तप्मा एक सरकारी प्राविधिक विद्यालयको स्थापना गर ।
    ६ प्रत्येक वडामा २÷२ वटा सरकारको लगानिमा प्रारम्भिक बालविकास केन्द्र स्थापना गर
    ७. जाडोबाट बच्न विद्यार्थीहरुलाई न्यानो कार्याक्रम लागु गर ।

    हस्ताक्षर अभियानमा नेपाल बिद्यार्थी संघ गुप्तेश्वर क्यापसका पुर्व अध्यक्ष र पदाधिकारीहरु समेतको सहभागिता थियो ।

http://radiosaligram.com.np/