आज : २०७५ जेठ ११ शुक्रबार|समय : ०२:१५

शालिग्राम खबर

  • नेविसंघ प्रदेश नं ४ द्धारा एक लाख रुपियाँको बोधराज ढकाल स्मृति अक्षयकोषको स्थापना

    स्याङ्जा , । बोधराज ढकालको स्मृतिमा नेविंघ प्रदेश नं। ४ ले ढकालले विद्यालय शिक्षा हासिल गरेको भगवती मावी फापरर्थुम, स्याङ्जामा रु एक लाखको स्मृति छात्रवृत्तिकोष स्थापना र परिवारलाई पच्चिस हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

    विद्यालयमा एक समारोह विच नेविसंघ केन्द्रिय उपाध्यक्ष एवम प्रदेश न। ४ का संयोजक डिल्लीराम सुवेदीले अक्षयकोषको रकम विद्यालय व्यवस्थापन समितिका सभापती शिब प्रसाद ढकाल र परिवारलाई सहयोग पिता ऋषिराम ढकाललाइ हस्तान्तरण गर्नुभयो । भगवती मावीमा विद्यालय परिवारका ब्यवस्थापन समितिका सभापतिको संयोजकत्वमा नेवि संघ प्रतिनिधि र ढकाल परिवारका प्रतिनिधी सम्मिलित ५ सदस्यीय अक्षयकोष ब्यबस्थापन समिती गठन गरियो । समितिले हरेक बर्ष सो विद्यालयबाट कक्षा ८को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एक विद्यार्थीलाइ ५ हजार र बाकी १५ विद्यार्थीलाइ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिनेछ ।

    नेविसंघ प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरु, अमेरिकामा कार्यरत वासु पौडेल लगायतका साथीहरूबाट सन्कलित एकलाख पच्चीस हजार रकम संकलन गरेको थियोे । साथिहरुकसंकलन भै सकेको छ भने १३ दिन भित्र स्वच्छिक रुपमा संकलन हुने सहयोगबाट परिवारलाई तत्कालिक सहयोग समेत गरिने छ ।

    नेविसंघका सहमहामन्त्री हरिहर शर्माको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु पुनम भट्ट, भानु ढकाल, आर सि भट्टराई, शंकरराज घिमिरे, देबकृष्ण पराजुली, मिलन आले , दिपेन्द्र खडका , जानुका पन्त लगायतका विद्यार्थी नेताहरू शोक मन्तब्री समेत राखेका थिए । नेविसंघ स्याङ्जाका अध्यक्ष अजित क्षेत्रीको सन्चालनमा भएको कार्यक्रमा स्त्थानिय समाजसेवी एवम अभिभावकहरुको उपस्थिती थियो ।

    वले जनही ५ हजार रुपैया संकलन गरि अक्षयकोष स्थापानाको सुरुवात गरेका छ्न । ुपकेट खर्च कटौती गरि सहयोद्दाको सम्मानमा कोष जम्म गरेको कुरा विद्यार्थी नेताहरुले बताएका छन ।

http://radiosaligram.com.np/