आज : २०७५ बैशाख ८ शनिबार|समय : ०३:५३

अन्तरास्ट्रिय

  • विमान दुर्घटनामा जलेका शवको पोस्टमार्टम जटिल

    काठमाडौँः युएस–बंगला विमान दुर्घटनामा जलेका शवको पोस्टमार्टम गर्न चिकित्सकलाई समस्या भएको छ । विमान दुर्घटनापछि आगलागी हुँदा नराम्ररी जलेका शव पहिचान गर्नै नसकिने अवस्थामा रहेकाले पोस्टमार्टमा जटिलता थपिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फोरेन्सिक विभाग प्रमुख डा। प्रमोद श्रेष्ठले जानकारी दिए ।
    पोस्टमार्टम विभाग प्रमुख डा। हरिहर वस्तीसहितको टोलीले मंगलबार दिनभरीमा ११ शवको पोस्टमार्टम गरिसकेको छ । ‘दुर्घटनामा ज्यान गुमाएका ५० मध्ये ११ को पोस्टमार्टम भएको छ । तर उनीहरुको सनाखत गर्न समस्या भएको छ’, डा श्रेष्ठले भने, ‘शव नराम्ररी जलेका छन्, पहिचान गर्ने उपाय खोज्दैछौँ, महिला र पुरुष छुट्याउन पनि समस्या भएको छ ।’
    डा श्रेष्ठका अनुसार पोस्टमार्टम गरिएका शवको कपालको अवस्था, रंग, गहना, उचाई र तौल हेरेर सनाखत गर्ने कोशिश भइरहेको छ । ‘फिङ्गर प्रिन्ट पनि लिने कोशिश गर्दैछौँ’, उनले भने, ‘अन्तिम विकल्पकारुपमा डिएनएसम्म गर्नुपर्ने अवस्था छ । यसो भएमा शवको पोस्टमार्टममा लामो समय खर्चिनुपर्ने हुन सक्छ ।’

http://radiosaligram.com.np/