आज : २०७५ बैशाख ८ शनिबार|समय : ०३:४८

खेलकुद

  • दिल्लीको १ नम्बर जर्सीमा सन्दीप लामिछानेकाे खुशी


    काठमाडौं - नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आईपीएल० मा दिल्ली डेयर डेभिल्सबाट एक नम्बरको जर्सीमा देखिने भएका छन् । दिल्ली डेयर डेभिल्सबाट पहिलो पटक आईपीएल खेल्ने तयारीमा रहेका सन्दीपलाई दिल्लीले बिहीबार नेपालमै आई एक नम्बरको जर्सी हस्तान्तरण गरेको हो ।
    सन्दीपलाई दिल्लीको तर्फबाट राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव केशवकुमार विष्टले जर्सी हस्तान्तरण गरेका हुन् । सन्दीपलाई जर्सी हस्तान्तरण गर्न दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हेमन्त दुवा, म्यानेजर सुनील भाल्सनलगायत बिहीबार नै नेपाल आइपुगेका थिए । दिल्लीले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै सन्दीपलाई जर्सी हस्तान्तरण गर्ने कार्यक्रम तय गरे पनि कार्यव्यस्तताका कारण त्यो सम्भव भएन ।
    प्रधानमन्त्रीले नभ्याउने भएपछि खेलकुदमन्त्री जगतबहादुर सुनारबाट जर्सी हस्तान्तरण गराउने प्रयास गरेको दिल्लीले त्यो पनि सम्भव नभए पनि राखेप सदस्यसचिव केशव विष्टलाई निम्त्याएको हो । सन्दीपले घरेलु प्रतियोगिता र नेपाली राष्ट्रिय टोलीबाट २५ नम्बरको जर्सी प्रयोग गर्दै आइरहे पनि दिल्लीबाट भने एक नम्बरको जर्सी रोजेका हुन् । ‘मैले विशेष करणवश २५ नम्बरको जर्सी प्रयोग गर्दै आइरहेका थिए’, सन्दीपले भने, ‘दिल्लीमा त्यो नम्बर अर्कै खेलाडीले प्रयोग गर्ने भएकाले मैले एक नम्बर रोजेको हुँ ।’
    सीइओ दुवाले नेपाली क्रिकेटलाई थप हौसला प्रदान गर्ने उद्देश्यले सन्दीपलाई जर्सी हस्तान्तरण गर्न नेपालमै आएको बताए । सीईओ दुवाले सन्दीपलाई उनको विशेष क्षमताकै कारण अनुबन्ध गरेको र त्यसमा दिल्ली खुसी रहेको पनि बताए । ‘हामीले पछिल्लो वर्ष दिनयता सन्दीपलाई ट्र्याक गरिरहेका थियौं । हामीले उनको सम्पूर्ण डाटा मगाएर अध्ययन पनि गरेका थियौं । त्यसबीचमा हामीले उनलाई दिल्लीमै बोलाएर विशेष ट्रायल पनि लिएका थियौ’, दुवाले भने, ‘हामीले त पहिले नै उनको अनुबन्धको निर्णय गरिसकेका थियौं । ट्रायलको फुटेज हेरेपछि प्रशिक्षक रिकी पोन्टिङ र कप्तान गौतम गाम्भीरले पनि सहमति दिए । हामीले सन्दीपलाई अन्य कुनै कारण नभई उनको विशेष क्षमताकै कारण अनुबन्ध गरेका हौं ।’ सीईओ दुवाले सन्दीपलाई जर्सी नम्बर जस्तै भविष्यमा अन्तर्राष्ट्रिय क्रिकेटमा नम्बर एक बलर बन्न शुभकामना पनि दिए ।

http://radiosaligram.com.np/