आज : २०७५ श्रावण ३१ बिहीबार|समय : ०४:२१

स्वास्थ्य

  • भाँडाले हैरान स्वास्थ्य चौकी

    फलेवास(भँगरा)-पर्वतको एक दुर्गम गाउँको रहेको स्वास्थ्य चौकी लामो समयदेखी भाडाको घरमा सञ्चालन हुँदै आएको छ । पर्वत फलेवास नगरपालिका–९ भँगरामा रहेको स्वास्थ्य चौकी विगत १७ बर्षदेखी भाडाको घरवाट सञ्चालन हुँदै आएको हो । 


    ग्रामोदय मा.विको प्राङ्गढमा निर्माण भएको स्वास्थ्य चौकी विद्यालय विस्तार सँगै भत्किएको थियो । वि.सं २०५७ सालमा भत्किएपछि स्वास्थ्य चौकी निर्माण हुन सकेको छैन । आफ्नै भवन नहुँदा स्वास्थ्य चौकी वडाको एक घर भाँडामा लिएर चार वटा कोठामा सञ्चालन हुदै आएकोे छ ।
     औषधी स्टोर, कार्यालय सञ्चालन, बिरामी जाँच, प्रसूती जाँच, सुत्केरी गराउने, भेटघाट कक्ष, कर्मचारी व्यवस्थान सबैलाई मिलाएर ४ वटा कोठामा सिमित राखेर सञ्चालन गदै आएको स्वास्थ्य चौकीका प्रमुख मनोजकुमार कैवारले बताउनु भयो । 


    स्वास्थ चौकीमा समान धेरै भएकाले समस्या बढ्दै गएको छ – कैवारले भने, । ‘एकातिर कार्यालय सञ्चालनमा समस्या भएको छ, अर्कोतिर घरवेटीले भाँडादर बढाएर बार्षिक २४ हजार पुराउँनु भएको छ,।’ ‘अहिले हामीलाई भाँडा कसरी तिर्ने भन्ने चिन्ता छ ।’ पहिला गाउँ विकास समितिले बार्षिक भाँडादर तिर्दै आएको थियो, अहिले कसले तिर्ने हो भन्नेमा अनिश्चितता छ कैवारले भने,।’ 


    स्वास्थ्य चौकीको बार्षिक भाँडा १८ हजार ५ सय रुपैयाँ कायम भएपनि अहिले भाँडादर बढेर २४ हजार पुगेको छ । सरकारी कार्यालय भएपनि स्थानिय सरकारले भवन निर्माणका लागि बजेट विनियोजन नगर्दा लामो समयदेखी स्वास्थ्य चौकी भाडामा बस्न बाध्य भएको हो ।
     उक्त समस्या फलेवास नगरपालिका मेयर पदमपाणि शर्मालाई पटक–पटक जानकारी गराएको भएपनि अहिलेसम्म कुनै निर्णय नभएको स्थानियवासिको गुनासो छ  कार्यालय भवन संरचनागत हिसावले कमजोर देखिन्छ । यसले स्वास्थ्य परिक्षणमा समेत समस्या उत्पन्न भएको छ ।
    स्वास्थ्य चौकीमा पछिल्लो समयमा औषधीको पनि अभाव भएको छ । औषधी खरिद प्रत्रिया स्थानिय तहमा आएसँग प्राप्त मात्रमा औषधी नपाएको स्वास्थ्य चौकीको गुनासो छ ।
     

http://radiosaligram.com.np/