आज : २०७५ श्रावण ३१ बिहीबार|समय : ०४:२१

शालिग्राम खबर

  • कृषकलाई अनुदानमा हलो बितरण

     चैत १६ पर्वत । व्यबसायिक कृषकहरुलाई यान्त्रिक हलो बितरण गरिएको छ । पर्वतको कुश्मानगरपालिका ८ चुवाका कृषकहरुलाई वडा कार्यालयको ६० प्रतिशत अनुदानमा यान्त्रिक हलो बितरण गरिएको हो । तरकारी र खाद्यन्नको पकेट क्षेत्र रहेको उक्त वडाका ६ जना कृषकलाई एक एक वटा हलो बितरण गरिएको हो । 

    कुश्मा नगरपालिकाको तर्फबाट बिनियोजित ४२ लाख रुपैयाँ पूँजीगत बजेटमध्ये बाट ३ लाख रुपैयाँ छुट्टाएर यान्त्रिक हलो बितरण गरिएको वडाध्यक्ष राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । क्षेत्रीका अनुसार गमवहादुर विक, टंकप्रसाद सुबेदी, राजेश गिरी, पिताम्बर पोखरेल, समिर नेपाली र हिमाल सुबेदीले हलो प्राप्त गरेका हुन् । चुवाका कृषकहरुले हलो पाएकोमा खुशी व्यक्त गर्दै अन्य अनुदानका कार्यक्रम समेत ल्याउन माग गरेका छन् ।  

    कृषकहरुलाई यान्त्रिक सहयोग गरेर उत्पादकत्व बढाउन सहयोग गरिएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । कृषकहरु संग अग्रिम रुपमा माग संकलन गरेर बिहिबार एक कार्यक्रमको आयोजना गरि हलो बितरण गरिएको थियो । कृषकहरुलाई ७.५ हर्जपावरको हलो बितरण गरिएको हो । हलगोरु पाल्ने झण्झट यान्त्रिक हलोले बिस्थापित हुँदै गएको छ । यसले काम गर्न सहज हुने व्यबसायिक कृषकहरुले बताएका छन् । 

http://radiosaligram.com.np/