आज : २०७५ असार ७ बिहीबार|समय : ०९:५९

शालिग्राम खबर

  • कुश्माका महिलाहरुलाई अगरबत्ती निर्माण तालिम

    चेत्र १६, पर्वत ।। सीप नभएर हात खाली बस्ने महिलाहरुलाई लघु उद्यम तर्फ आकर्षित गर्न पर्वतको कुश्मामा अगरबत्ती निर्माण सम्वन्धीे तालिम दिन शुरु गरिएको छ ।

    आर्थिक उपार्जन गरि महिलाहरुलाई सवल र सक्षम बनाउन १५ दिने तालिम आजवाट शुरु भएको हो । महिला मिलन समूहको व्यवस्थापन र ब्यवसायीक तथा सिप बिकास तालिम केन्द्र पर्र्वतको आयोजनामा शुरु भएको तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन सिप विकास तालिम केन्द्रका प्रमुख किरणचन्द्र सुवेदीले गर्नुभएको थियो ।

    उद्घाटन सत्रमा बोल्दै सुवेदीले तालिमको भरपुर उपयोग गदै आर्थिक उर्पाजनतर्फ लाग्न सहभागिहरुलाई आग्रह गर्नुभयो । उहाँले धौलागिरी क्षेत्रमा अगरबत्तीको राम्रो सम्भावना भएकाले स्थानिय स्तरमा भएका श्रोत साधानलाई परिचालन गरि रोजगारिको सम्भावना खोजी गर्न सुझाव दिनुभयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गरि व्यवसायीक रुपमा अगडि बढ्दै आत्मनिर्भर बन्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा महिला मिलन समूहकी निर्वतमान अध्यक्ष बुद्धिकुमारी श्रेष्ठले समेत आफ्नो धारण राख्नुभएको थियो । महिला मिलन समूहकी अध्यक्ष राजकुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सिता श्रेष्ठ र कार्यक्रमको सञ्चालन लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो ।

    घरमा बसेर समय खेर फाल्ने महिलाहरुले स्थानिय कच्चा पदार्थहरुको प्रयोग गरि आर्यआर्जन गर्न सकुन भन्ने हेतुले तालिमको आयोजना गरिएका तालिमको सहजीकरण रोबिना पौडेलले गर्नुहुने छ । 

http://radiosaligram.com.np/