आज : २०७५ श्रावण ५ शनिबार|समय : ०४:१०

शालिग्राम खबर

  • कांग्रेस नेता खुमबहादुर खड्काको निधन

    काठमाडौँ — कांग्रेस नेता खुमबहादुर खडकाको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा खडकाको शुक्रबार साँझ सवा ५ बजे निधन भएको हो ।

    फागुन ४ गते सामान्य हृदयाघात भई नर्भिक अस्पताल भर्ना भएका खडकालाई फागुन ६ गते उपचारका लागि अपोलो लगिएको थियो । खडका मृगौला, छाती र नसासम्बन्धी रोगबाट लामो समयदेखि पीडित थिए । उपचारपछि सुरुमा अवस्था सामान्य रहे पनि बिस्तारै छाती र टाउकोमा समेत संक्रमण बढेको थियो । पछिल्लो एक सातादेखि उनको मृगौलाले समेत काम गर्न छाडेको थियो । खडकाको ३० महिनाअघि अपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो ।

    खडकाको स्वास्थ्य जटिल भएपछि कांग्रेसले नेताहरू रमेश लेखक र शंकर भण्डारीलाई उनको अवस्था बुझन दिल्ली पठाएको थियो । बिहीबार मात्रै स्वदेश फर्किएका लेखकले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा खडकाको स्वास्थ्य स्थिति जटिल रहेको ब्रिफिङ गरेका थिए । त्यसको केही घण्टामा उनको निधनको खबर आएको थियो ।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले खडकाको पार्थिव शरीर शनिबार नै काठमाडौं ल्याउनेबारे परिवारका सदस्यसँग छलफल भइरहेको बताए ।आजको कान्तिपुर दैनिकमा खवर छ ।

http://radiosaligram.com.np/