आज : २०७५ बैशाख ८ शनिबार|समय : ०३:५०

राष्ट्रिय

  • प्रधानमन्त्री अाेली भारत प्रस्थान

    काठमाडौँ — प्रधानमन्त्री केपी ओली भारतको तीन दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

    ५४ सदस्यीय प्रतिनिधिमण्डलसहित ओली शुक्रबार बिहान ९ बजे नेपाल वायु सेवा निगमको विमानबाट प्रस्थान गरेका हुन्।

    प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत छन्।

    प्रधानमन्त्री ओली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने११ बजे अवतरण गर्नेछन्।

    ओली भ्रमण सकेर आइतबार स्वदेश फर्कने छन्। दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो।

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको चैत २३ देखि २५ सम्म भारत भ्रमण स्वीकृत गरेको थियो।

http://radiosaligram.com.np/