आज : २०७५ श्रावण ५ शनिबार|समय : ०४:१४

शालिग्राम खबर

  • कालीण्डकी नदीमा आन्तरिक पर्यटक बढे

    पर्वत  । जलयात्रा (¥याफटिङ्ग)को सिजन शुरुभएसँंगै कालीण्डकी नदीमा आन्तरिक पर्यटकहरुको आकर्षण बढेको छ । बिदेशीले मात्रै गर्दै आएको जलयात्रा अहिले आन्तरिक पर्यटकहरुले गर्न थालेका छन् । व्यवसायिक रुपमा मालढुङ्गाबाट नयाँपुल सम्म जलयात्रा शुरु भएपछि आन्तरिक पर्यटकहरुको आकर्षण बढेको हो । पर्वतका यूवाहरुले एकमहिनादेखि व्यवसायिक रुपमा कालीगण्डकीमा जलयात्रा शुरु गरेका छन् ।

    जिल्लाको मोदीका तीन जना यूवाले जलयात्रा (¥याफटिङ्ग)व्यवसायिक रुपमा शुरु गरेका हुन् । ७० लाखको लागतमा यूवाहरुले व्यवसाय शुरु गरेका हुन् । जलयात्रा (¥याफटिङ्ग)को लागि ख्याती कमाएको कालीगण्डकीमा पर्यटकहरुको आगमन हुन थालेपछि व्यावसायीहरु समेत उत्साही भएका छन् । जाडो यामको समाप्तीसँगै चैतको पहिलो सातादेखिनै जलयात्राका लागि पर्यटक आउन थालेका हुन ।

     कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन भएपछि पर्वत सहित बागलुङ, म्याग्दी, कास्की र स्याङजाबाट आन्तरिक पर्यटकहरु आउने गरेको कालीगण्डकी क्याम्प ¥याफ्टिङ्ग कम्पनीका सञ्चालक होमबहादुर पुनले जानकारी दिए । यसअघि पोखराका ¥याफ्टिङ्ग कम्पनीले जलयात्रा गराउने गरेका थिए । पोखराका व्यवसायीको सिण्डिकेट तोड्दै आफुहरुले ¥याफ्टिङ्ग व्यवसाय शुरु गरेको पुनले बताए । 

     

    छोटो र पारिवारीक जलयात्राका लागि ‘फेमिली रिभर’ को रुपमा चिनीएको कालीगण्डकी नदीमा आउने पर्यटकको घुँइचो लाग्न थालेको उनले बताए । लामो, समथर र कम बहाब भएकाले कालीगण्डकीलाई नै पर्यटकले रोज्ने गर्दछन् । कालीगण्डकी नदीमा अहिले दैनिक दुई देखि दश समुहमा पर्यटकहरु आउने गरेका छन । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाईमा पार्दै आएकाले पनि पर्यटकहरुको आगमन बढेको पुनले बताए ।

     लस्तीदेखी नयाँपुल र मालढुङ्गा देखी नयाँपुल सम्म गरि दुई गन्तव्यमा (¥याफटिङ्ग) सञ्चालन गरिएको छ । लस्तीदेखि नयाँपुल सम्म एक हजार र मालढुङ्गादेखि नयाँ पुल पाँच सय रुपैयाँ लिने गरेको सञ्चालक नविन थापाले बताए  । ‘स्वदेशी पर्यटकहरु खासै ¥याफ्टिङ्गमा रुची राख्दैनथे,’ थापाले भने,‘ सुलभ मुल्यमा यहाँ ¥याफ्टिङ्ग शुरु भएपछि बिदेशी भन्दा स्वदेशी पर्यटकहरु बढि आउने गर्छन ।’ 

     

    पोखरा हुँदै अन्नपुर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकहरु बढ्दै गएको ब्यबसायी बताउँछन् । 

http://radiosaligram.com.np/