आज : २०७५ जेठ ११ शुक्रबार|समय : ०२:३०

मनोरंजन

  • आमिरको महाभारतमा दीपिका द्रौपदी बन्ने चर्चा

    बलिउड अभिनेता आमिर खानको फिल्म ‘महाभारत’ र्अौपचारिक घोषणा नहुँदै चर्चामा छ । एक लोकपि्रय वेवसाइटका अनुसार यस फिल्ममा आमिरले श्रीकृष्णको भूमिका गर्नेछन् भने दीपिका पादुकोण द्रौपदीको भूमिकामा देखिने सम्भावना छ ।

    यस विषयमा दीपिकासँग आमिरले अनौपचारिक कुरा गरिसकेको बताइन्छ । तर, दीपिकाले एस वा नो भनेकी छैनन् । ऐतिहासिक विषयमा आधारित फिल्म पद्मावतले व्यापक विवाद झेल्नुपरेको हुनाले उनी यसमा अक्मकाएकी हुन् ।

    यदी दिपिकाले यो प्रोजेक्ट स्वीकार गरिन् भने आमिरसँग उनको यो पहिलो फिल्म हुनेछ । तीन खानमध्ये दिपिकाले अहिलेसम्म शाहरुख खानसँग मात्रै काम गरेकी छिन् । यो फिल्म आमिरको महत्वाकांक्षी प्रोजेक्ट हो । त्यसैले यसमा अभिनय गर्ने सबै कलाकारहरु क श्रेेणीका हुनेछन् ।

    महाभारतमा रिलायन्स इन्डष्ट्रीका मालिक मुकेश अम्बानीले एक हजार करोड भारु लगानीगथर्ने चर्चा छ । उनी यो फिल्मको को प्रोडयूसर पनि हुनेछन् । महाभारतका पाँचवटा श्रृंखला बनाउने आमिरको तयारी छ । यसका लागि उनलाई १० वा १५ वर्ष लाग्नेछ ।

    यो फिल्मको निर्देशन एकभन्दा बढि निर्देशकले गर्ने पनि बताइएको छ । सिरिजको पहिलो फिल्म निर्देशक अद्धैत चन्दनले निर्देशन गर्नेछन् । उनले आमिरको फिल्म सेक्रेट सुपरस्टारको निर्देशन गरेका थिए ।

http://radiosaligram.com.np/