आज : २०७५ जेठ ११ शुक्रबार|समय : ०२:३२

शालिग्राम खबर

  • पर्वतको खानीगाउँमा दुई महिने सिलाई कटाई तालिम शुरु

    पर्वत । महिलाहरुलाई व्यवसायिक बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा सिलाई कटाई सम्वन्धी दुई महिने तालिम शुरु भएको छ ।

    व्यावसायिक सिप विकास तालिम केन्द पर्वतको आयोजना र रेडियो शालिग्रामका पत्रकार साजन परियारको पहलमा तालिम शुरु भएको हो । 

    तालिममा उद्घाटन फलेवास नगरपालिका –५ खानीगाउँका वडा अध्यक्ष दिपक शर्मा पौडेलले गर्नु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै दिपक शर्मा पौडेल महिलाहरुलाई व्यवसायिक बनाउन नगरले पहल गर्ने बताउनुभयो । उहाँले महिलाहरु अझै पनि चुलो चौकोमा मात्र सिमित रहेको बताउँदै महिलाहरुलाई उद्यामशिलता तर्फ उन्मुख बनाउन पहल गर्नेु पर्र्ने बताउनु भयो । 

    साथै खानीगाउँको विकासका लागि आफुले दिन रात काम गरेको बताउँदै विकास निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । 

    कार्यक्रममा व्यवसायिक सिप विकास तालिम केन्द्रका प्रमुख किरणचन्द सुवेदीलले  सन्देश प्रवाह गदै महिलाहरुको आवश्यकता र पहिचान गरि तालिमको अवधीलाई थप गर्ने सकिने बताउनु भयो । उहाँले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । 

    तालिममा फलेवास नगरपालिका ५ खानीगाउँका वडा सदस्य प्रकाश लामिछानेले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो । दुई महिनासम्म सञ्चालन हुने तालिमको सहजिकरण सम्झना परियारले गर्नुहुने छ । तालिममा सिलाई कटाई सम्वन्धि आधारभुत प्राविधिक ज्ञानवारे जानकारी दिईने बताउनु भयो ।

    प्रशिक्षक सम्झाना परियारको अध्यक्षतामा सम्पन्न भएको तालिमको सञ्चालन पत्रकार साजन परियारले गनुभएको थियो ।

http://radiosaligram.com.np/