आज : २०७५ जेठ ११ शुक्रबार|समय : ०२:३१

राष्ट्रिय

  • बुद्ध जन्मस्थलबारे बहस नगर्नुस्ः प्रधानमन्त्री

    लुम्बिनी — प्रधानमन्त्री केपी ओलीले बुद्ध नेपालमा जन्मेकोबारे कुनै प्रश्न नरेहकाले त्यसलाई बहसको विषय नबनाउन भनेका छन् । सोमबार यहाँ २५६२ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्दै उनले जन्मस्थलबारे अहिलेसम्म कुनै द्विविधा नरहेकाले यसलाई बेला–बेला बहसको विषय नबनाउन भनेका हुन् । 

     

    ‘आजैबाट बुद्ध जन्मस्थलबारे अनावश्यक बहस गर्न छाडौं,’ कार्यक्रममा सहभागी विदेशी पाहुनासँग अनुरोध गर्दै भने, ‘तपाईंहरुको मुलुकका पाठ्यपुस्तकमा कही कतै त्यस्तो भ्रम उल्लेख भए मेटाछाउनुस ।’

     

    त्यसरी मेटाउन आफूले पनि कुटनीतिक पहल गर्ने उनले बताए । ‘यहाँ लेखिएको होइन, देखिएको इतिहास छ,’ उनले भने, ‘त्यसैले देखिएको कुरामा बहस उपयुक्त हुन्न ।’ यहाँ बुद्ध जन्मेको र उनको दर्शनको विकास पनि यहीं भएको पुष्टी भइसकेको बताए ।

     

    अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्ती समारोह सम्बोधन गर्न यहाँ आएका उनले लुम्बिनी सँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राम क्षेत्रलाई समेटेर विकास गरिने बताए । त्यसका लागि आवश्यक अध्ययन पुरा गरेर पूर्वाधारका काम अघि बढाइने बताए ।आजको किन्तिपुर दैनिकमा खवर छ । 

http://radiosaligram.com.np/