आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

कला/साहित्य

  • चर्चित हास्यकालाकार तक्मेबुढा अभिनित बलिवुड सिनेमाको टिजर रिलिज

    ९ जेठ, काठमाडौ  । चर्चित हास्यकालाकार विल्सन विक्रम राई उर्फ तक्मे बुढाको डेब्यु बलिवुड सिनेमा ‘बोरीवालि का ब्रुसली’को टिजर रिलिज भए संगै नेपाली सिने नगरीमा चर्चा चलेको छ ।

    दुई मिनेटको टिजरमै विल्सन सात सिनमा देख्न सकिन्छ । जुन बलिवुडमा जाने नेपाली कलाकारको लागि राम्रो कुरा हो र यसले विल्सनले गतिलै स्थान पाएको अनुमान लगाउन सकिन्छ ।

    विल्सनले अहिले सम्म बलिवुड सिनेमाको टिजरमै नेपाली कलाकारलाई यति धेरै स्थान नदिएको भन्दै खुशी व्यक्त गरेका छन् । यस सिनेमामा साहुलियन मास्टर अर्थात कराँते कोचको भूमिकामा रहेको विल्सनले बताएका छन् ।

    यता आउदो जेठ १९ गते अल नेपाल रिलिज मिति पाएको विल्सनको सिनेमा ‘रातो घर’को प्रमोशनमा व्यस्त रहेको बताए ।

    विल्सनले बलिवुड सिनेमाको टिजरले ‘रातो घर’लाई पनि केही फाईदा पुग्ने आशा व्यक्त गरेका छन् ।

    उक्त बलिवुड सिनेमामा विल्सनका अलावा आयशा टाकिया, नील भुपालम, सुप्रिया पिलंगकार, अश्विन मुसरन, सरताज लगायतको मुख्य भूमिका रहेको छ ।

    बलिवुड सिनेमा नगरीमा विल्सनले कति सफलता पाउछ त्यो भने हेर्न बाकी नै छ ।

http://radiosaligram.com.np/