आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

अन्तरबार्ता

  • पुस्तक पढ्ने बानी स् बालबालिका बन्छन् श्रृजनशिल र ज्ञानी

    हामीमध्ये धेरैको पुस्तक पढ्ने बानी हुँदैन कमै मान्छेहरु मात्रै पुस्तक पढ्छौं पुस्तक पढेपनि पाठ्यक्रम अनुसार अर्थात् आफ्नो कोर्सको किताब मात्रै पढ्ने बानी हुन्छ, धेरैको बालबालिकालाई सानैदेखि अतिरिक्त पुस्तक पढ्ने बानी बसाउन सकिएमा उनीहरु श्रृजनशिल बन्ने बाल मनोविज्ञहरु बताउँछन् सबै आमाबाबु आफ्ना सन्तानको भविष्य उज्वल बनाउन चाहन्छन् यसैले उनीहरुले आफ्ना सन्तानलाई राम्रो विद्यालयमा पढाउन खोज्छन् तर स्कुल शिक्षक जति राम्रो भएपनि सानैदेखि केटाकेटीमा पढ्ने बानी बसेन भने उनीहरुले कुनै पनि विषय ध्यान दिएर पढ्न सक्तैनन् कुनै पनि विषयको पढाइमा राम्रो गर्न सक्तैनन् फलस्वरुप परीक्षामा राम्रो नतिजा ल्याउन सक्तैनन् बालबालिकामा पुस्तक पढ्ने बानी किन आवश्यक , के के फाइदाहरु छन्, अतिरिक्त पुस्तक पढ्दाको रु यसै सेरोफेरोमा रहेर लेखक तथा सञ्चारकर्मी बिनय कसजुसँग कुराकानी …..

    बालबालिकाले अतिरिक्त पुस्तक पढ्न किन आवश्यक ?

    उनीहरुले विद्यालयमा त पुस्तक पढिरहेका हुन्छन्, तर विद्यालयको पुस्तक पढ्दा पढ्दा उनीहरुलाई दिक्क लाग्छ । एउटा बोझ भएको जस्तो उनीहरुले ठानेका हुन्छन् । बाहिरका किताब खासगरी कथाका किताबहरु उनीहरुले रमाइलो मान्छन् । र मुख्य कुराचाहिँ पढ्ने बानीको विकास गर्नु एकदमै जरुरी छ । यो बानी किनपनि आवश्यक छ भने विद्यालयमा, क्याम्पसमा, यूनिभर्सिटिमा जीवनभरी उनीहरुले पढ्नुनै पर्छ । त्यसकारण यो पढ्ने बानी सानैदेखि विकास गर्यो भने उनीहरुको पढाईसँगै भविष्य पनि राम्रो हुन्छ ।

    अर्को कुरा, पढ्ने बानी विकास भएपछि राम्रा राम्रा किताबहरु, राम्रा राम्रा कथाहरु पढ्ने हुँदा उनीहरु राम्रो काम गर्न प्रेरित हुन्छन् । अनि खराब बाटोमा लाग्ने सम्भावना कम हुन्छ । राम्रो किताब पढ्ने केटाकेटीहरु पछि गएर बिग्रने सम्भावना कम हुन्छ । त्यसकारण पनि राम्रो किताब पढ्न लगाउने तथा अतिरिक्त किताबहरु पढ्ने बानीको विकास गर्नु बालबालिकाको लागि निकै आवश्यक छ ।

    आमाबाबुले बच्चालाई दिन सक्ने मिठो खाना अथवा राम्रो लुगा, खेलौना, सबै केही समयमा हराउँछन्, उनीहरुले बिर्सिन्छन् । तर पढ्ने बानी भनेको आमाबाबुले दिनसक्ने र दिनुपर्ने त्यस्तो उपहार हो, जुन उनीहरुले जीवनभरी भुल्दैनन्, जीवनभरी काम लाग्छ । यसकारणले आमाबाबुले, शिक्षकले, अभिभावकले बच्चाहरुलाई पढ्ने बानीको विकास गर्नु एकदमै महत्वपूर्ण कुरा हो ।

    अर्को महत्वपूर्ण कुरा, अरुको किताब पढ्नु, लाइब्रेरीमा किताब पढ्नु र आफ्नै किताब हुनुमा निकै ठूलो फरक हुने रहेछ । बच्चाहरुले आफ्नो किताब भनेपछि माया गर्ने, जतन गर्ने अनि एउटै किताब भएपनि धेरै पटक पढ्ने गर्छन् । पढ्ने बानीको विकास गर्नको लागि चाहिँ आफ्नै किताब हुनु एकदमै राम्रो हो । यसै सन्दर्भमा धेरै प्रयोगहरु पनि भएका छन् । धेरै देशमा बच्चाहरुलाई आफ्नै किताब कसरी बनाउने भन्ने कार्यक्रमहरु पनि चलेका छन् । र हामीले मनाउने ‘बुक गिभिङ डे’ ९पुस्तक उपहार दिवस० को उद्देश्य पनि यहीँ हो कि, बच्चाले आफ्नै किताब पढुन्, हरेक बच्चाको कम्तिमा पनि एउटा किताब होस् ।

    किताबको सङ्कलन गर्ने, आफ्नै सानो पुस्तकालय बनाउने, विभिन्न विषयका किताबहरु जम्मा गर्ने बानी बसोस् र उसमा पढ्ने बानीको विकास होस् भन्ने नै मुख्य कुरा हो । र त्यही उद्देश्यले नै यो पुस्तक उपहार दिवस मनाउन थालिएको हो ।

    सामान्यतया कति वर्षको उमेर भएपछि बच्चाहरुलाई अतिरिक्त पुस्तक पढ्न लगाउन सकिन्छ ?

    यस्तो छ, चाइल्ड साइकोलोजी वा चाइल्ड डेभलपमेन्टको प्रकृयामा बच्चाहरुले सबैभन्दा पहिले कानले सुनेका कुराहरु ग्रहण गर्छन् । अनि आँखाले देखेका कुरा अलिपछि ग्रहण गर्छन् । त्यसैले बच्चाहरुलाई शब्दहरु सुनाइराख्नुपर्छ । उनीहरुले नबुझेपनि बच्चाहरुसँग आमाबाबुले वा अरुले निरन्तर कुरा गरिरहँदा ती शब्दहरु उसको दिमाखमा स्टोर भएर  बस्छ । र पछि विद्यालयमा पढ्दाखेरी ती शब्दहरु उसको किताबमा जब अरु सन्दर्भमा आउँछ, उसले सम्झन्छ र बुझ्न मद्दत गर्छ । त्यसो हुँदा  बच्चाले पढ्ने भन्नेकुरा उमेरको कुनै सिमाना नै छैन । जतिसक्दो चांडो ।

    बच्चालाई काखमा राखेर आमाले एउटा किताब पढ्नु, सुरु त्यहाँबाट गर्नुपर्छ । किनभने जस्तो स् अब एउटा चरा वा जनावरहरुको किताब, चित्र भएको किताब लिएर आमाले बच्चालाई देखाउदै यो गाई हो, यसरी कराउँछ, यो बिरालो हो यो यसरी कराउँछ, मुसा यसरी कराउँछ भन्दै आवाज निकाल्दै चित्र देखायो भने बच्चाले त्यो कुरा कहिल्यै बिर्सदैंन । ज्ञान नि बढ्ने, शब्दभण्डार पनि बढ्ने र मुख्य कुरा उसले किताबलाई माया गर्न सिक्छ । बच्चैदेखि वा भनौ ५र६ महिना देखि नै ।

    सकेसम्म सानै उमेरदेखि बच्चालाई किताबसँग सङ्गत गराइदिनुपर्छ । त्यसको लागिचाहिँ टोक्दाखेरी पनि केही विष नलाग्ने, नच्यातिने प्लास्टिकका किताब, कपडाका किताब अथवा प्रदुषण नहुनेखालका किताब बनेका हुन्छन् र कतिपय किताबहरुचाहिँ आवाज आउने छिङछिङ बज्ने, इन्ट्रयाक्टिभ किताबहरु पनि बनेका हुन्छन् ।

    मुख्य कुरा, बच्चाहरुलाई किताबप्रति आकर्षित गर्ने हो । किताबप्रति मोह जगाइदिने हो । त्यो गरेपछि पढ्ने बानीको विकास स्वतः बढ्दै जान्छ । यसकारण बच्चहरुलाई कुन उमेरमा पढ्न लगाउने भन्ने कुनै सिमाना नै हुन्न । जुन किताबहरु पनि त्यस्तै तरिकाका हुन्छन् । बच्चाहरुले आफैंले नपढेर आमाबाबुले पढेर सुनाउने किताबहरु, शब्द नभएका, चित्र भएका किताबहरु । त्यसपछि उमेर बढ्दै गएपछि उनीहरुको चित्र कम टेक्स्टहरु, पढ्ने कुराहरु, अक्षरहरु धेरै भएका किताबहरु बिस्तारै बढ्दै जान्छ ।

    गाउँमा विद्यालयका पुस्तक नै समयमा पुग्दैनन्, शहरी क्षेत्रमाचाहिँ साना बालबालिकालाई अभिभावक, शिक्षकले अतिरिक्त पुस्तक पढ्न लगाउने वा पढाउने गरेको पाउनुहुन्छ ?

    दुःखको कुरा के छ भने अभिभावकहरुले कोर्सबुक भन्दा बाहिरका किताबहरु पढ्यो भने गाली गर्छन् । जाँचमा फेल भइएला भनेर, पढाई नराम्रो होला भनेर । बाहिरको किताब पढ्न दिने अभिभावक एकदमै कम छन् । तर बिस्तारै परिवर्तन हुँदैछ । अभिभावकहरुले बच्चालाई बाहिरको पनि पढ्न दिनुपर्ने रहेछ भनेर बुझ्दै छन् ।

    जस्तो मैले भने नि, पढ्ने बानी विकासका लागि पनि राम्रो, कोर्सबुक बाहेक भएका विषय पनि समाजिक विषयहरु बच्चालाई सोसलाइज गर्न, अरुको पीरमर्का बुज्ने बनाउनका लागि विभिन्न उद्देश्यले लेखिने बाल साहित्य बुझ्नको लागि पनि किताबहरु पढ्नु पर्छ भनेर अभिभावकहरु बुझ्दैछन् ।

    अब गाँउघरमा पनि सञ्चारका माध्यमहरु रेडियो, टिभि, कहिंकतै इन्टरनेटको उपलब्धताले लाइब्रेरी नभएता पनि ती माध्यमबाट बालबालिकालाई किताब पढाउन, पुर्याउन त्यति गाह्रोचाहिँ छैन । उपाय छन्, प्रविधि छन्, त्यसमा लाग्नुपर्छ । नेपाल जस्तो दुर्गम भेग भएको ठाँउमा भौतिक रुपमा किताब नै पुर्याउनचाहिँ कठिन छ ।

    कोर्सबुक पुर्याउनै गाह्रो हुने अवस्थामा त्यहाँ पुस्तकालय नै खोली सञ्चालन गर्न भने गाह्रो नै छ । यस कारण इन्टरनेटको जमानामा डिजिटल किताबहरु, डिजिटल लाइब्रेरीको व्यवस्था गर्नुपर्छ । यसमा प्राविधिक रुपले सम्भव पनि छ र आर्थिक रुपले पनि सस्तोमा नै व्यवस्था हँदैछ ।

    अभिभावकहरुले बच्चाहरुको लागि पुस्तक छनोट गर्दा कुनै त्यस्तो केही आधार हुन्छ कि हुँदैन ?

    अब विदेशमाचाहिँ त्यो व्यवस्था हुन्छ । प्रकाशित पुस्तकहरुलाई यो वर्षका विद्यार्थीलाई यो रुचिको, यो विषय भन्ने अनुसन्धानका रिपोर्टहरु निस्किरहेका हुन्छन् । तर यस्तोे व्यवस्था नेपालमाचाहिँ छैन । कुन किताब कति वर्षको बच्चाको लागि हो रु कति क्लासमा पढ्ने विद्यार्थीको लागि हो रु के विषयमा हो रु यसले विद्यार्थीको के प्रतिभालाई प्रस्फुटन गर्छ रु भन्ने कुराहरु हामीकहाँ अन्योलकै अवस्थामा छ । कतिपय प्रदर्शनिमा म पनि देख्छु बच्चाले यो किताब किन्ने, त्यो किताब किन्ने भनिरहेको हुन्छ, अभिभावकले मानिरहेको हुँदैन  र त्यहाँ द्वन्द्ध सिर्जना भइरेहको हुन्छ । अभिभावक र बच्चाबीच ।

    नेपाली बालसाहित्यका अहिलेसम्म निस्केका तीनहजार किताबहरुलाई यो यो वर्गको लागि यो अथवा  यो यो कक्षाको लागि यो भनेर विषयगत कुरामा र विषयगत रुपमा र उमेरको आधारमा पनि वर्गीकरण गरिएको छैन । त्यसो नहुँदाखेरी अभिभावकलाई पनि कुन किताबचाहिँ आफ्नो बच्चालाई पढ्न दिने भन्ने कुरामा अन्योल छ ।

    त्यसको लागि अभिभावकले पनि पढ्नुपर्छ तर हाम्रो अभिभावकको आर्थीक स्तर, चेतनाको स्तर अरु देशको तुलनामा धेरै पछि भएको हुनाले यसमाचाहिँ शिक्षक÷विद्यालयले नै सहयोग गर्नुपर्छ । अभिभावकलाई सल्लाह दिने काम भने विद्यालयले नै गर्न सक्छ ।

    ति अभिभावकहरु जसले अतिरिक्त पुस्तक पढ्दा विद्यार्थीहरुको पढाई बिग्रेलाकी भन्ने सोंच राख्नुहुन्छ, उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?

    अब हरेक आमाबाबुले आफ्नो बच्चाहरुलाई माया नगर्ने कुरै भएन । माया कसरी गर्ने भन्ने कुरामाचाहिँ, चकलेट दिएर होकी किताब दिएर माया गर्ने, खेलौना दिएर होकी किताब दिएर माया गर्ने भन्ने कुरा उहाँहरुले छुट्याउन सक्नुपर्छ । बच्चालाई उपहार दिने कुरा बदंलिदै छ र बदलिन्छ पनि होला । किताब उपहार दिने चलन पनि सुरु हुन थालेको छ । बुकेको ठाँउमा बुक दिने । किनभने एउटा फूलको बुकेलाई दुईरतीनसय पर्छ र त्यति पैसाले दुईरतीनवटा किताब नै आउछ ।

    किताब सधैँ काम लाग्छ तर फूलको बुके कुहिन्छ । त्यो चेतना विस्तारै अभिभावकमा आउदै छ । पुस्तक उपहार नै सबैभन्दा राम्रो उपहार हो, यसले बालबालिकाको भविष्यलाई नै डो¥याउँछ ।

http://radiosaligram.com.np/