आज : २०७४ असार ११ आइतबार|समय : १२:५३

अर्थ

  • आन्तरिक राजस्व विभागका महानिर्देशक पक्राउ

    काठमाडौं  ।आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा शुक्रबार दिउँसो साढे १२ बजे पक्राउ परेका छन् ।

    राजस्व हिनामिना गरेको आरोपमा उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ ।

    कर फछ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति दिएको, कर निधारण गर्दा भष्टाचार गरेको तथा एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादास्पद मुद्दामा मुछिएका शर्मालाई अख्तियारले नियन्त्रणमा लिएको हो । अहिले उहाँ अख्तियारकै हिरासतमा रहनु भएको छ ।

    लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागबाट उक्त आरोपमा उहाँलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। आजको अन्नपूर्ण दैनिकमा खवर छ ।

http://radiosaligram.com.np/