आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

अर्थ

  • पूर्व राजा वीरेन्द्रको जग्गाको भाडा मासिक एक रुपियाँ

    काठमाडौ । भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि पूर्व राजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि सो रकम बुझाउन पाएको छैन ।

    विश्व युवा अन्तर्राष्ट्रिय संगठनले वल्र्ड युथ इन्टरनेसल स्कुल सञ्चालनका लागि २०५६ सालमा काठमाडौँको गोकर्णस्थित पूर्व राजा वीेरेन्द्रको नाममा रहेको ४० रोपनी १३ आना एक पैसा एक दाम जग्गा १० वर्षका लागि भाडामा लिएको थियो ।

    त्यसमध्ये स्कुलले १२ रोपनी मात्र जग्गा उपभोग गर्दै आएको छ । सो जग्गाको भाडावापत मासिक एक रुपियाँ बुझाउनुपर्ने सम्झौता तत्कालीन राजदरबारसँग गरिएको थियो । राजसंस्था रहुन्जेल सो रकम दरबारको ढुकुटी विभागमा बुझाइन्थ्यो ।

    दरबारसँग जग्गा भाडामा दिने सम्झौता गर्दा सहभागी हुनुभएका तत्कालीन राजप्रासाद सेवाका कर्मचारी तथा हाल नेपाल ट्रष्टको कार्यालयका सहसचिव लेखबहादुर कार्कीले सो जग्गाका बारेमा सोधखोज गर्नुभएपछि नेपाल सरकारका नाममा सो जग्गा थपिन पुगेको छ । आजको गोरखापत्रमा खबर छ।

http://radiosaligram.com.np/