आज : २०७४ असार ११ आइतबार|समय : १२:५३

अन्तरास्ट्रिय

  • कंगोको जेलमा आक्रमण हुँदा ११ जनाको मृत्युः ९ सय कैदी भागे

    एजेन्सी, २९ जेठ – प्रजातान्त्रिक गणतन्त्र कंगोको एक कारागारमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ । भने कारागारबाट ९ सय भन्दा बढी कैदी बन्दी जेलबाट भागेका छन् ।

    कंगोको उत्तरी क्षेत्रको किवु प्रान्तको एक जेलमा बन्दुकधारीले आक्रमणगरी कैदीबन्दीलाई भगाएको सरकारी अधिकारीले बताएका छन् । बेनीमा रहेको जेलमा आक्रमणका लागि आक्रमणकारीले ठूला हतियार प्रयोग गरेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

    आक्रमणमा मृत्यु भएकामध्ये ८ जना कारागारको सुरक्षाका लागि खटिएका सुरक्षा गार्ड रहेका छन् । आक्रमण कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन । कंगोमा जेल तोडेर कैदीबन्दी भाग्ने घटना बढी हुने गरेका छन् । गएको महिना राजधानी किनशासामा रहेको जेलबाट झण्डै चार हजार कैदीबन्दी भागेका थिए ।

http://radiosaligram.com.np/