आज : २०७४ असार ११ आइतबार|समय : १२:५३

अन्तरास्ट्रिय

  • बंगलादेशमा पहिरोः मृतकको संख्या १ सय ७ पुग्यो

    एजेन्सी, ३१ जेठ – बंगलादेशमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । मृत्यु हुनेमा पाँच सैनिक पनि रहेको बंगलादेशी अधिकारीहरुले बताएका छन् ।

    पहिरोले पुरिएको सडकको अवरोध हटाउन खटिएका सेनाको मृत्यु भएको हो । बंगलादेशको दक्षिण पूर्वी शहर रंगमती पहिरोको सबैभन्दा बढी मारमा परेको छ । पहिरोका कारण सयौं घर डुबानमा परेका छन् भने, सयौं सर्वसाधारण समस्यामा परेका छन् ।

    पहिरोका कारण केही गाउँसँगको सम्पर्क टुटेको र विद्युत सेवा समेत अवरुद्ध भएको छ । वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ ।

    भारी बर्षाका कारण उद्धार कार्यमा समेत कठिनाई भएको बताइएको छ । मौसमविदहरुले वर्षा अझै केही दिन लम्बिन सक्ने चेतावनी दिएका छन् ।

http://radiosaligram.com.np/