आज : २०७४ असार ११ आइतबार|समय : १२:५३

मनोरंजन

  • सुदिप क्षेत्री अस्पतालमा भर्ना

    असार ०१ ,पर्वत
    नेपाल लोक सागितिक क्षेत्रमा आफुलाई स्थापित गराउन संघर्षरत लोक गायक तथा संचारकर्मी सुदिप क्षेत्रीको बिल्कुलै नयाँ गित अस्पतालमा भर्ति भाको छु को कुश्मा स्थित पर्वत जिल्ला अस्पतालमा आज औपचारिक सुटिङ्ग गरिएको छ । सुदिप क्षेत्री कै लय शब्दमा रहेको गितको भिडियोमा राजेश गिरी मोडलको रुपमा देखा परेका छन् । उनलाई मोडलिङमासुजता बस्याल र बिज्ञान हमाल साथ दिएका छन् । निकै मार्मिक शैलीमा रहेको गितलाई आम दर्शक श्रोताले मन पराउनेमा आशावादी रहेको गायक क्षेत्रीले वताए । रेडियो शालिग्राममा कार्यक्रम प्रस्तोता रहेका क्षेत्रीले निकै मार्मीक गित वजारमा ल्याएको भन्दै श्रोता र दर्शकको मन छुने वताउँछन् । गितलाई भिडियोमा उर्तानको लागि रमेश रसाईली छायांकनमा जुटेका छन् । थमन पुर्जाले क्यामेरामा भुमिका खेलेका छन् । निर्देशक रसाईली र क्यामेरा मेन थमन पुर्जाले गितको मर्मलाई साच्चीकै महसुस गरेर काम गरेको बताएका छन् । गितको सुटिङ्ग पर्वत जिल्ला अस्पताल, ज्ञादी क्षेत्रका रमणीय चौर तथा नेपालका अग्ला पुलहरुमा हुने बताइएको छ ।

http://radiosaligram.com.np/