आज : २०७४ असार ११ आइतबार|समय : १२:५३

खेलकुद

  • इङ्ल्यान्डलाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा

    काठमाडौं, असार १ । आयोजक इङ्ल्यान्डलाई पाखा लगाउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । -

    वेल्सको राजधानी कार्डीफमा बुधबार राती भएको पहिलो सेमिफाइनलमा पाकिस्तान ८ विकेटले विजयी भयो ।

    टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले खेलमा एक बल बाँकी छँदा अलआउट हुनुपुर्व २ सय ११ रन बनायो ।

    उसका लागि जो रुटले ४६ रन तथा जोनी बेयरस्टोले ४३ रनको योगदान दिए ।

    कसिलो बलिङ गरेको पाकिस्तानका हसन अलीले ३ तथा जुनेद खान र रुमन रईसले २/२ विकेट लिए ।

    जवाफमा २ सय १२ रनको चुनौती पाकिस्तानले ३८ औं ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

    पाकिस्तानका लागि सुरुवाती ब्याट्सम्यानहरु अझर अलीले ७६ रन तथा फाखर जमानले ५७ रनको योगदान दिए ।

    यसैगरी बाबर आजम ३८ रनमा तथा मोहोमद हफिज ३१ रनमा अविजित रहे ।

    जितसँगै पाकिस्तानले हजारौं बेलायती समर्थकलाई उनीहरुकै मैदानमा स्तब्ध पार्दै फाईनलमा ठाउँ सुरक्षित ग¥यो ।

    उपाधिका लागि अब पाकिस्तानले भारत वा बंगलादेशमध्ये आज हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ

     

http://radiosaligram.com.np/