आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

शालिग्राम खबर

  • पर्वतमा परिवार नियोजनका साधानहरु प्रयोग गर्नेहरुको संख्या वढ्दो

    असार ०३ पर्वत
    पर्वतमा परिवार नियोजनका साधानहरु प्रयोग गर्नेहरुको संख्या वढेको छ । अघिल्लो वर्षहरु भन्दा यो वर्ष प्रयोगकर्ताहरुको संख्या वढेको हो । परिवार नियोजनाका साधानहरुको प्रयोगले पारिवारिक योजना र अन्य दैनिक जीवनमा सहजता हुने भएपछि प्रयोग गर्नेहरु वढेका हुन् । जन्मान्तर राख्नका लागि प्रयोग गर्ने परिवार नियोजनको अस्थायी स्थायी साधानहरुको प्रयोग गर्नेहरु वर्षेनी वढदै गएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयले आज पर्वतको कुश्मामा पत्रकारहरुका लागि आयोजित परिवार नियोजन तथा सुरक्षित मातृत्वको वारेमा भएको अन्तरक्रिया कार्यक्रममा त्यस्तो जानकारी गराइएको हो । जिल्लामा परिवार नियोजनका स्थायी साधानहरुको प्रयोग गर्ने प्रयोगकर्ताहरुको तथ्याङ हेर्दा आर्थिक वर्ष ०७१÷७२ मा पिल्सको प्रयोग गर्ने ३०४ जना रहेका थिए भने आर्थिक वर्ष  ०७२÷७३ मा ४ सय ५ जना पुगेको छ । डिपो प्रयोग गर्ने ०७१÷७२ मा ६१ जना थिए भने ०७२÷७३ मा ७८ जना पुगेका छन् । इन्प्लाण्ट प्रयोग गर्ने ०७१÷७२ मा १ सय ४७ जना रहेका थिए भने आर्थिक वर्ष ०७२÷७३ मा २ सय १८ जना पुगेका छन् । कण्डम प्रयोग गर्नेहरुको संख्या भने १० हजार भन्दा वढि रहेको छ । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर वुद्धिवहादुर थापाले परिवार नियोजनका फाईदा र यसका नकारात्मक मनोविज्ञान हट्दै गएपछि परिवार नियोजन गर्नेहरु वढ्दै गएको वताउनुभयो । थापाले परिवार नियोजनका साधानहरुले मानिसलाई कुनै पनि शारिरीक असर नगर्ने वरु यसले परिवारलाई झण्झटवाट मुक्त पार्ने, ढुक्कका साथ भविष्यका योजना वनाउन सहज वनाउने वताउनुभयो । उहाँले जिल्लाका प्राय सबै स्वास्थ्य केन्द्रवाट परिवार नियोजनको सेवा र परामर्श उपलब्ध गराइएको वताउनुभयो । कार्यक्रममा नागरिक दैनिक पत्रिकाका पत्रकार दिलिप पौडेलले जनस्वास्थ्यको महत्वका वारेमा प्रकाश पार्दै पत्रकारहरुले आफ्नो कलम मार्फत स्वास्थ्यका विषयमा जनचेतना फैलाउने विषय लेख्न सुझाव दिनुभयो । उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सजिना महर्जन, पव्लिक हेल्थ नर्स सीमा कुँवरले सुरक्षित मातृत्व र परिवार नियोजनका वारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा भएको थियो । 

http://radiosaligram.com.np/