आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

शालिग्राम खबर

  • प्रसासनद्धारा कुश्मावजारमा अनुगमन थाल्यो,पसलहरुकमा अखाद्य बस्तुहरु भेटिए


    असार ०३ पर्वत
    पर्वत सदरमुकाम कुश्माबजारमा म्याद नाघेका खाद्यबस्तुहरु छ्यापछ्याप्ती भेटिएका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले गरेको अनुगमनका क्रममा अखाद्य र म्याद गुज्रेका बस्तुहरु भेटिएका हुन् । जिल्ला प्रशासन कार्यालय पर्वतका बजार अनुगमन तथा निरिक्षण एवम् सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालको नेतृत्वमा भएको अनुगमनमा व्यावसायीहरुको लापरवाहिका कारण म्याद नाघेका बस्तुहरु भेटिएका हुन् । सदरमुकामका झण्डै एक दर्जन थोक बिक्रेताको पसलमा गरिएको अनुगमनमा अधिकांस बस्तुहरु म्याद नाघेको पाइएको हो । खासगरी कोसेली र स्माईल खाने तेल, दालमोठ, चाउमिन, गोडागुडी, घ्यू, लगायतका बस्तुहरु अखाद्य भेटिएका हुन् । त्यसैगरी मसला, बेसार, चकलेट, मिठाई, बिस्कुटहरु पनि अखाद्य पाइएको छ । व्यावसायीहरुले घरको टाँसीमै सजाएर राखेका बस्तुहरु म्याद नाघेका र कुहिएका भेटिएको हो ।  म्याद नाघेका बस्तुहरुलाई अनुगमन टोलिले जफत गरेको छ । पहिलोपटकका लागि जफत गरेर सचेत बनाइएको र पुन अर्को अनुगमनमा समेत भेटिएमा उपभोक्ता ऐन बमोजिम आवश्यक कारवाहि गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रवीण ढकालले जानकारी दिनुभयो । चाडवाड समेत नजिकिदै जान थालेको र निर्वाचनका कारण लामो समय हुन नसकेको अनुगमन पहिलोपटक हिजोदेखि शुरु गरिएको हो । अब निरन्तर सदरमुकाम कुश्माबजार, फलेवास, हुवास, पातीचोर, वारीबेनी लगायतका मुख्य व्यापारिक केन्द्रमा अनुगमन गरिने ढकालले बताए । पहिलो चरणमा थोक बिक्रेताको अनुगमन गरिएको र अब खुद्रा, होटल, मासु, दुग्ध डायरी, औषधी पसल, एग्रोभेट, फेन्सी लगायतका प्रकृतिका व्यावसाय पनि क्रमश अनुगमन गरिदै जाने बताइएको छ ।  अनुगमन टोलीमा उपभोक्ता मञ्च,उद्योग बाणिज्य संघ, घरेलु तथा साना उद्योग विकास समिति, तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । प्रशासनले निकै लामो समयपछि मात्रै बजार अनुगमन गरेको हो । जिल्ला प्रशासनले गोप्य रुपमा ब्यापारीलाई जानकारी नै नदिइकिनै अनुगमन पर्नेमा उद्योग बाणिज्य संघमार्फत सम्बन्धित ब्यापारीलाई सुचना दिएर मात्रै अनुगमन गर्ने गरेको छ । अनुगमन गर्दा त्यष्स्ता अखाद्यय बस्तु भेटिएपनि अहिलेसम्म कारबाही हुने गरेको छैन । राज्यका निकाय कारबाही नगरी मौन बस्दा अखाध्य बस्तुको बिगबिगी बढेको हो ।
     

http://radiosaligram.com.np/