आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

अन्तरास्ट्रिय

  • ओबामाले क्युवासँग गरेका सम्झौता उल्ट्याउदै ट्रम्प

    एजेन्सी, ३ असार – अमेरिकाले र क्युवासँगको द्विपक्षीय आदानप्रदान सम्बन्धीका केहि सम्झौताहरु रद्द गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामाले क्युवा सरकारसँग गरेका सम्झौता रद्द गर्ने भएका हुन् ।

    दुई वर्षअघि अमेरिका र क्युवाबीच चलिरहेको शीतयुद्धकै बीच राजनीतिकसम्बन्ध कायम गर्न सम्झौता भएको थियो । राष्ट्रपति ट्रम्पले मियामीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिका साम्यवादी दमनको विषयमा चुप लागेर बस्न नसक्ने बताएका छन् ।

    उनले क्युवाविरुद्ध यात्रा र व्यापारसम्बन्धी प्रतिबन्ध समेत लगाएका छन् । यो कडा कदमपछि पनि क्युवासँगको राजनीतिक सम्बन्ध भने अन्त्य भएको छैन । ट्रम्पले भविष्यमा दुई देशबीचको सम्बन्ध सुधार गर्न क्युवाले आफ्नो देशमा गणतन्त्र र आर्थिक सुधारको कार्यक्रमलाई कसरी अघि बढाउँछ त्यसमा भरपर्ने जिकिर गरेका छन् ।

    सन् १९६१ मा एक अर्को देशमा दूतावास बन्द गरेका अमेरिका र क्युवाले ५४ वर्षपछि सन् २०१५ मा आएर दूतावास खोल्न सहमत भएका थिए ।

http://radiosaligram.com.np/