आज : २०७४ असार ११ आइतबार|समय : १२:५३

शालिग्राम खबर

  • गैसस महासंघको नया नेतृत्व, शिवप्रसाद शर्मा अध्यक्षमा सर्वसहमत निर्वाचित

    असार,०४ पर्वत
    गैसस महासंघ पर्वतको १९ औँ साधारण सभा तथा ७ औँ अधिबेशन एवं नागरिक समाज सञ्जाल पर्वतको ५ औँ जिल्ला समेलन पर्वतको कुश्मामा सम्पन्न भएको छ । एकिकृत रुपमा दुबै संगठनको कार्यक्रम भएको हो । गैसस महासंघको अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ भने नागरिक समाज सञ्जालको २०७५ को अध्यक्षमा मानकुमारी गिरीलाई घोषणा गरिएको छ । गैसस महासंघको अध्यक्षमा भने शिवप्रसाद शर्मा सर्वसहमतीले चयन हुनुभएको छ । उपाध्यक्षमा गणेश शर्मा अधिकारी, सचिवमा यज्ञप्रसाद शर्मा, कोषाध्यक्षमा नेत्रकला सुबेदी, सहसचिवमा रमेशप्रसाद रिजाल चयन हुनुभएको छ । सदस्यहरुमा जगन्नाथ शर्मा, भिमवहादुर नेपाली, कृष्णप्रसाद शर्मा, यमूना शर्मा, कुलवहादुर नेपाली रहनुभएको छ । पदेन सदस्यमा राजेन्द्रप्रसाद पौडेल रहनुभएकोे छ २ जना सदस्य कार्यसमितिको वैठकले समाबेशीताको आधारमा चयन गर्ने अध्यक्ष शिवप्रसाद शर्माले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन गर्दै गैसस महासंघका केन्द्रिय अध्यक्ष गोपाल लम्सालले नेपालका गैससहरुलाई अव राज्यको ५ औँ अंगको रुपमा राज्यले अगिंकार गर्नुपर्ने वताउनुभयो । उहाँले सरकारका निति तथा लक्ष्यलाई उचाईमा पु¥याउन र राज्यले नसकेका कामहरुलाई गैसस हरुले सफलतापू्र्वक सम्पन्न गरेको स्मरण गर्नुभयो । गैससहरुको योगदानलाई राज्यले कदर गर्नुपर्ने लम्सालको भनाई थियो । उक्त कार्यक्रममा गैसस महासंघका महासचिव मिलन श्रेष्ठ, केन्द्रिय सचिव रामप्रसाद सुबेदी, गैसस महासंघका केन्द्रिय सदस्य दिवा पुन, नागरिक सञ्जालका केन्द्रिय सचिव गोविन्द पहाडी, पर्वतका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाल,पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष शिव शर्मा पौडेल, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत लगायतले गैससहरुको योगदानका वारेमा वोल्नुभयो । 
     

http://radiosaligram.com.np/