आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

शालिग्राम खबर

  • पर्वतको विहादीमा आयोजित पशु स्वास्थ्य शिविरमा २ हजार भन्दा वढि पशुको उपचार

    असार,०४ पर्वत
    पशु स्वास्थ्य एवं वाँझोपन निवारण सम्वन्धि २ दिने शिविर विहादी गाउँपालिका वार्ड नम्बर २ वर्राचौर र वार्ड नम्बर ३ रानीपानीमा गरिएको छ । पशु सेवा कार्यालय पर्वतले भूकम्प प्रभावित क्षेत्रका कृषक लक्षित सेवा अन्तर्गत शिविरको आयोजना गरेको हो । असार २ गते वर्राचौरमा १ सय ५२ घरधुरीका ९ सय ६२ गाई भौसी, कुखुरा लगायतका पशुपंक्षीहरुको उपचार भएको छ । असार १ गते वार्ड नम्बर ३ रानीपानीमा १ सय ९८ घरधुरीका ११ सय २६ वटा पशुहरुको स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको छ । गाई भैसी, भेडा, वाख्रा, वगुर कुकुर, जस्ता घरपालुवा जनावर र पंक्षीहरुका रोगको पहिचान र उपचार, पशुपालक कृषकहरुलाई परामर्श जस्ता सेवा शिविरवाट प्रदान गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रका पशु पालक कृषकहरुलाई घरदैलोमा सेवा दिने उदेश्यले शिविरको आयोजना भएको हो । कृषकहरुले सदरमुकामको सेवा गाउँमै पाएकोमा आयोजक प्रति खुशी व्यक्त गरेका छन् । अव गाउँपालिकामा पशु स्वास्थ्यको सेवा विस्तार गर्न उनीहरुको माग छ । पशु स्वास्थ्य शिविरमा जिल्ला पशु सेवा कार्यालयका पश्ु चिकित्सक विमल शर्मा पौडेलको नेतृत्वमा पशु सेवा प्राविधिक राजेन्द्र सुबेदी, नायव पशु स्वास्थ्य प्राविधिकहरु यज्ञभी थापा, हेम भूर्तेल, चोलाकान्त पौडेल, हरि पंगेनी लगायतले पशु्हरुको जाँच तथा उपचार र परामर्श सेवा दिनुभएको थियो । 

http://radiosaligram.com.np/