आज : २०७४ असार ११ आइतबार|समय : १२:५२

राष्ट्रिय

  • अझै सक्रिय हुन सकेन मनसुन

    काठमाडौ, ५ असार – नेपालमा मनसुनी हावा प्रवेश गरेको एक हप्ता जति भइसके पनि अझै मनसुन सक्रिय भएको छैन । मनसुन सक्रिय हुन अझ केही दिन लाग्नसक्ने बताइएको छ । नेपालमा सामान्यतया जुन १० अर्थात् जेठ २७ मा मनसुन सुरु भएको मानिन्छ । यो वर्ष दुई दिन ढिला गरी मनसुन सुरु भएको भनिए पनि अझै देशभर सक्रिय हुन सकेको छैन ।
    जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा। ऋषिराम शर्माले भन्नुभयो, “नेपालको सीमाभित्र मनसुन प्रवेश गरे पनि हालसम्म सक्रिय हुन सकेको छैन । यो अवस्थालाई मनसुन ‘ब्रेक’ भएको मान्न सकिन्छ । सक्रिय हुन अझै केही दिन लाग्नसक्ने देखिएको छ । ”
    उहाँले भन्नुभयो, “मनसुन त नेपाल जुन १२ मा प्रवेश गरेको हो तर सक्रिय भएको छैन । यसमा पश्चिमी वायुको प्रभाव नेपालमा अझै रहेको छ । यसले गर्दा पनि मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आउन सकेको छैन । ”
    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट सुक्खा मनसुनी वायु नेपाल प्रवेश गरे पनि जल वाष्पयुक्त वायुको कमी भएकाले नेपालमा मनसुनले पानी पार्न सकेको छैन । आजको गोरखापत्र दैनिकमा खवर छ ।

http://radiosaligram.com.np/